
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई वर्तमान शासन व्यवस्थाविरुद्ध नलाग्न आग्रह गर्नुभएको छ ।
बुधबार गणेशमान सिंह स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यदी शासन गर्ने भए चुनाव लडेर आउन चुनौति दिनुभयो ।
प्रजातान्त्रिक मुलुकमा चुनाव जितेर नेतृत्वमा आउन सकिने सुविधा रहेकाे समेत देउवाले बताउनुभयाे ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘शासन गर्ने भए चुनाव लडेर आउनुस्, प्रजातन्त्रमा त्यो सुविधा छ। तर वर्तमान शासन व्यवस्था विरुद्ध नलाग्नुस्।’
संविधानमा केही त्रुटिहरु भए बरु आगामी दिनमा सच्याउँदै जान सकिने प्रधानमन्त्री देउवाको भनाइ थियो ।
काठमाडौं । टिभी सो मुन्द्रेको कमेडी क्लबबाट दीपाश्री निरौला बाहिरिएसँगै छक्का पञ्जा सिरिजबाट जितु नेपाल बाहिरिने गाइँगुइँ चल्यो । यसैसाता हलमा रिलिज भएको ‘छक्कापञ्जा-४’ टीजरमा समेत जितु नदेखिएपछि उक्त आशंकामा बल मिलेको छ ।
व्यक्तिगतरुपमा सम्बन्ध नबिग्रिएको बताउने गरेपनि व्यवसायिकरुपमा भने दीपकराज गिरीको टीम र जितु नेपालबीच व्यवसायिक सम्बन्ध अहिले छैन ।
जितु छक्कापञ्जा टीमबाट बाहिरिएपछि निर्मल शर्माको रि-इन्ट्री भएको अनुमान गरिएको छ ।टीजरमा जितु नदेखिएपछि दर्शकले समेत उनी सिरिजमा नआउने हुन् कि भनेर अड्कलबाजी गरिरहेका छन् ।
यो अनुमान किन पनि सहि छ भने स्वयम स्क्रिप्ट लेखक, निर्माता एवं अभिनेता गिरीले समेत छक्कापञ्जा-४ मा जितुको संलग्नता हुने कुरा निश्चित नभएको बताए ।
‘अहिलेलाई उहाँको निरन्तरबारे निश्चित छैन । उहाँ हुन पनि सक्नुहुन्छ र नहुन पनि । पुुरानै कथाले निरन्तरता पायो भने उहाँ हुनुहुनेछ र नयाँ कथामा आएमा उहाँको भूमिका हुँदैन ।
हामी स्क्रिप्टमा बसिरहेका छौं’ दीपकले भने । जितुले भने, ‘मैले छक्का पञ्जा ४’ को टिजर देखाइएको बारे सुनेँ मात्र, हेर्न पाएको छैन। फिल्म आगामी दसैंतिर सार्वजनिक हुने भनिएको छ। अहिलेदेखि मनमुटाव बढेको भनेर हल्ला गरिनु ठिक होइन।