
एजेन्सी- दोश्रो पटक भारतको प्रधानमन्त्रीमा चुनिएर विश्वकै शक्तिशाली नेताहरुमा टपटेनभित्र पर्न सफल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अहिलेसम्म ५७ वटा भन्दा धेरै दे’शको भ्रमण गरिसकेका छन्।
भारतका कुनाकुनासम्म, उसका छिमेकीहरु तथा विश्वका शक्ति राष्ट्रहरुको राजनीतिक वृत्तमा समेत मोदीको नाम नसुन्ने सायदै कम होलान्। मोदी जवाहरलाल नेहरू, इन्दिरा गान्धी र म’नमोहन सिंहपछि भारतीय इतिहासमा चौथो सबैभन्दा लामो अवधि सेवा गर्ने प्रधानमन्त्री हुन्। नरेन्द्र मोदीले सन् २०१४ को मे २६ मा भारतीय १४ औँ प्रधानमन्त्रीका रूपमा आफ्नो पहिलो कार्यकाल सुरू गरेका थिए। उनको दोस्रो कार्यकाल ३० मे २०१९ मा सुरू भएको हो।
सबैले साधु सन्त नाम दिएका मोदी आफु पनि अहिले अप्रत्य’क्षरुपमा अविवाहित भएको कुरा गर्ने गर्दछन्। तर धेरैलाइ थाहा नहुन सक्छ उनको विवाह भएको छ भन्ने कुरा। मोदी विवाहित भए पनि उनले सन् २००२, २००७ र २०१२ को गुजरात विधानसभा निर्वाचनको नामांकन फारममा वैवाहिक स्थिति खुलाएका थिएनन्।
तर सन् २०१४ को लोकसभा निर्वाचनमा पहिलो पटक मोदीले औप’चारिक रुपले बिबाह गरेको कबूल गरेका थिए। उनले नामांकन फारममा जोसदाबेनसंगै विवाह गरेको बताएका थिए। त्यसपछि मोदीका भाइ सोमाभाइ दामोदरदास मोदीले एक बयानमा नरेन्द्र मोदीको विवाह भएको तर विवाहको केही दिनमै जसोदाबेन र मोदी अलग भएको बताएका थिए।
सोमाभाइले भनेका थिए, ‘हामी सामाजिक र आर्थिक रुपले पि’छडिएको जातिसंग सम्बद्ध छौं, हाम्रो समाजमा बाल विवाहको प्रथा प्रचलित थियो, १७ वर्षको उमेरमा मोदीको जसोदाबेनसंग विवाह भएको थियो र केही दिनमै उनीहरु अलग्गिएका थिए, तर दुवैले अहिलेसम्म पारपाचुके भने गरेका छैनन्।’ तर उनीहरु लगभग ५० वर्षबाट अलग रहेका छन्।
उनकी पत्नी भने यो कुरालाई स्वीकार गरेकी छिन्। उनले भनेकी छिनकी मोदीका सबै कुराहरु खोजि गरेर पढ्छु र टिभिमा हेर्ने गर्छु। उनकी पत्नी जोसदाबेन एक शिक्षिका हुन्। सानै उमेरमा विवाह अनि संगै नबसेका कारण नै मोदीले आफ्नाे श्रीमती भएको नबताएको भारतीय मिडियाको दाबि छ।