latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

तुलसीपुर (दाङ), ८ असोज : सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा मृत्यु भएका दुवै जना तुलसीपुरका रहेको खुलेको छ ।

 

 

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार चालक तुलसीपुर उपमहानगरपालिका–१८ बस्ने २५ वर्षीय भक्तबहादुर घर्ती र गाडी धनी ५० वर्षीय गणेश बुढाको घटनास्थलमै मृत्यु भएको थियो ।

त्यस्तै घाइते हुनेमा तुलसीपुर–२ निवासी ३५ वर्षीय नारायण योगी रहनुभएको छ । उहाँको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । मृतक दुवै जनाको शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपर ल्याउने तयारी रहेको छ ।

रोल्पाबाट तरकारी लिएर दाङतर्फ आउँदै गरेको जीप राप्ती लोकमार्गअन्तर्गत कपुरकोट गाउँपालिका–३ चोरखोला नजिकै सेतापैरामा दुर्घटनामा परेको हो । आज बिहान ६ः३० बजे रा१च १०२५ नम्बरको जीप तीन सय ५० मिटर तल खसेको थियो । दुर्घटनामा परेको जीप टुक्राटुक्रा परेको छ । अनियन्त्रित भएर जीप दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय