latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

सिमकोट, (हुम्ला) ८ असोजः साउन १३ गते परेको अविरल वर्षा र केही दिनअघि परेको वर्षाले हुम्लाको खार्पुनाथ गाउँपालिका–१ बोक्चेगाँैडादेखि छारेसम्मको बाटो ठाउँठाउँमा भत्किएपछि आवातजावतमा कठिनाइ भएको छ ।

 

 

अविरल वर्षाले बोक्चेगौँडा, सुनाखाडा, लालीबगर, मुसेडी छारेलगायत ठाउँमा सडक भत्किएपछि कर्णाली करिडोरअन्तर्गत सिमकोट–खार्पुनाथखण्ड अवरुद्ध भएको हो । यो सडकखण्डमा सवारीसाधन सञ्चालनमा नआए पनि दैनिक आवतजावत गर्ने बटुवा र खच्चड व्यवसायीलाई समस्या भएको छ ।

यी क्षेत्रमा वर्षाले ठाउँ–ठाउँमा सडक भत्किएर आवतजावतमा समस्या भएको वडा नं १ पिउस गाउँका भैरव शाहीले बताउनुभयो । अवरुद्ध सडक तथा बाटो खुलाउन सरोकारवाला निकायले कुनै चासो नदिएको सर्वसाधरणको गुनासो थियो । सडक अवरुद्धसँगै सदरमुकाम सिमकोट आवतजावत गर्न समस्या देखिएको छ भने बाटो अवरुद्ध हुँदा यस क्षेत्रका सर्वसाधारण र बिरामीलाई सदरमुकाम सिमकोट आवतजावत गर्न सकस भएको छ ।

विभिन्न ठाउँमा सडक माथिबाट भासिँदा सदरमुकाम जान र दक्षिणी क्षेत्रका गाउँपालिकामा जानसमेत थप समस्या भएको सिमकोट गाउँपालिका–२ ठेहे गाउँका नरबहादुर भण्डारीले बताउनुभयो । आफू सिमकोटबाट कामको सिलसिलामा चङ्खेली गाउँपालिकामा जानेक्रममा विभिन्न ठाउँमा भत्किएको सडकबाट जोखिम मोलेर जानुपरेको उहाँको गुनसो थियो । चङ्खेली पुग्न सिमकोटबाट दुई दिन लाग्छ ।

बाटो खुलाउन अहिलेसम्म जिल्ला विपद् व्यवस्थापन समिति, खार्पुनाथ गाउँपालिका र हिल्सा सिमकोट सडक योजनाले कुनै चासो दिएको छैन । वर्षाले यसखण्डका विभिन्न ठाउँमा पहिरोले सडक भत्किदा सलिसल्लादेखि सिमकोटसम्म ढुवानी गर्दै आएका खच्चडलाई पनि आवत जावत गर्न समस्या भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय