
सूर्यको उपासना गरेर हिन्दू धर्मावलम्बीले चार दिनसम्म मनाउने सोमबारबाट सुरु भएको छ । विशेष गरेर तराईमा मनाइने छठ पर्वको आज (मङ्गलबार) दोस्रो दिन हो ।
छठको दोस्रो दिन ब्रतालुहरू खरना मनाउँछन् । दिनभर ब्रत बसेर बेलुका नैवेध चढाई सख्खर हालेर बनाएको खीर, मुला, केरा खानुलाई खरना भनिन्छ । छठमा चार दिनसम्म सूर्यको पूजा आराधना गरिन्छ । ब्रतालुले उदाउँदै र अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएर पूजा गर्छन् ।
छठको दोस्रो दिन ब्रतालहरू दिनभर ब्रत बसेर साँझ एक छाक खाने गर्छन् । एक छाकमात्र भोजन गर्नुको कारण, छठको दिन अर्थात् भोलिपल्ट दिनभरि पानीसमेत नपिई निराहार व्रतको पूर्वाभ्यास पनि हो । चार दिनसम्म कठोर व्रत बसी सन्तानको प्राप्ति, दीर्घायु, आरोग्य र मनोकामना पूर्ण गर्नका लागि यो पर्व मनाइने गरिन्छ । यस पर्वमा षष्ठी माता र सूर्यको पूजा गरिन्छ ।
छठका लागि नदी, तलाउ महत्त्वपूर्ण मानिन्छ । किनकि, यसमा पुजिने सूर्य र जल दुवै आदि शक्ति मानिन्छन् । अघिल्लो पटक भने कोरोना महामारीका कारण विराटनगरका घाटहरू सुनसान भएका थिए । कोरोना भाइरसको संक्रमण फैलँदो अवस्थामा रहेको अवस्थामा भक्तहरूले आ–आफ्नै घरमा पूजा गरेका थिए ।
तर यसपटक भने कोरोना सङ्क्रमणको अवस्था केही घटेका कारण भक्तजनहरू नहर र तलाउमा धूमधामले छठ मनाउने कार्यमा जुटेका छन् । विराटनगर–५ नहरअगाडिका भक्तजनहरू अघिल्ला वर्षहरूमा झैँ सुनसरी–मोरङ सिचाइँ आयोजनाको नहरमा पानी आएपछि खुसी बनेका छन् ।
सुनसरी–मोरङ सिचाई आयोजनाका प्रमुख भेलानन्द यादवले मङ्गलबार बिहानैबाट नहरमा पानी छोडेको जानकारी दिए । नहरमा र तलाउमा यस पटकको छठ मनाउन पाउने भएपछि भक्तजनहरू खुसी देखिएका छन् ।
काठमाडौं । अभिनेता दयाहाङ राई अभिनयकै कारण चर्चामा आउने गर्छन् । उनले निर्वाह गरेको लुटको गोफ्लेदेखि कबड्डीको काजीसम्मको भूमिका दर्शकमाझ लोकप्रिय छ । फिल्म लुटबाट आफ्नो परिचिय स्थापित गरेका दयालाई कबड्डीले अर्को उपनाम ’काजी’ दिन सफल भएको थियो ।
दयाको फ्यान फ्लोअर्स पनि यिनै फिल्म बढाएकोमा कसैको दुईमत नहोला । थियटर हुँदै फिल्ममा आएका दया अभिनयमा पोख्त अभिनेतामध्येका एक हुन् । तर, उनी प्रचारप्रसारमा त्यति धेरै देखिँदैनन् । साथै, उनलाई प्रचारप्रसारमा समय नदिने कलाकार भनेर केही निर्माताले आरोप पनि नलगाएका होइनन् ।
आखिर किन दया प्रचारप्रसारमा टाढिन्छन् त ? दया भन्छन्, ‘आफ्नो कामको आफैँले बयान गर्ने कुरा मलाई निकै गाह्रो लाग्छ ।’ उनी थप्छन्, ‘कामको प्रतिक्रिया लिएर बहस गर्न सकिन्छ । तर, आफ्नो कामको एकोहोरो बखान गर्नु राम्रो होइन ।’
उनले आफूले गरेको भूमिकालाई दर्शकले मुल्यांकन गर्नुपर्ने बताए । ‘हामीले दर्शकको महत्वकांक्षा बढाउने गरि प्रचारप्रसार गर्नु हुँदैन’, दया भन्छन्, ‘त्यसैले म एकोहोरो प्रचारप्रसारमा धेरै सक्रिय छैन ।’
तर, उनी दर्शकसमक्ष भने पुग्नेमा दुईमत राख्दैनन् । ‘दर्शकसँग पुग्दा कन्टेन होस् र त्यसमा तर्कवितर्क गर्न पाइयोस्’, दया भन्छन्, ‘अब दर्शकलाई कन्टेन चाहिएको छ न कि बखान ।’ कलाकारले काममै विश्वास राख्नुपर्छ भन्ने सोच्ने दया निकट भविष्यमै फिल्म निर्देशन गर्ने सोचमा छन् ।
नाटक निर्देशन गरिसकेका दयाले फिल्म कहिले निर्देशन गर्छन् ? यो भने पर्खाइकै विषय छ । यसका साथै उनी ‘कबड्डी ४’ को छायांकनको तयारीमा छन् । उनलाई ’काजी’ उपनाम दिएको कबड्डीको चौथो भागलाई ’फाइनल म्याच’ भनिएको छ । मौसमले साथ दिए छायांकन टिमसहित उनी यसैसाता मुस्ताङ पुग्नेछन् ।