latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

काभ्रेपलाञ्चोक, ४ असोज ः काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाले नसर्ने रोगको निःशुल्क परीक्षण र उपचार अभियान सुरुआत गरेको छ । वडा नं ५ र ९ मा गाउँघर क्लिनिक केन्द्रको शुभारम्भ भएसँगै नसर्ने रोगको निःशुल्क परीक्षण र उपचार थालिएको हो ।

 

 

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा मधुमेह र उच्च रक्तचापको परीक्षण र उपचार गर्ने आयोजनाअनुसार बुधबारदेखि नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण र उपचार अभियान थालिएको गाउँपालिका उपाध्यक्ष दलमान थोकरले जानकारी दिनुभयो । उहाँका अनुसार नरसर्ने रोगअन्तर्गतका मधुमेह र उच्च रक्तचापका कारण नागरिकको अकालमा ज्यान जाने भएकोले गाउँपालिकाले उक्त रोगको निःशुल्क परीक्षण र उपचार गर्न लागिएको हो ।

गाउँपालिकाले यसअघि नसर्ने रोगको अवस्था पत्ता लगाउन विभिन्न वडामा १८ दिने शिविर सञ्चालन गरेको थियो । उपाध्यक्ष थोकरले शिविरबाट गाउँपालिकाका ३१ प्रतिशत नागरिकमा मुख्यतः उच्च रक्तचाप र मधुमेहका रोगी फेला परेको बताउनुभयो । “त्यसपछि दुवै रोगको निःशुल्क परीक्षण र उपचार प्रारम्भ गरेका हौँ”, उहाँले भन्नुभयो ।

यस्तै गाउँपालिकाले २८ स्थानमा क्लिनिक सञ्चालन गरेकोमा स्थानीयको मागका आधारमा अभियानसँगै अन्य दुई स्थानमा क्लिनिक थप गरिएको जनाएको छ । स्वस्थ्य शाखा प्रमुख शिवहरी पाठकका अनुसार गाउँपालिकामा प्रत्येक महिनामा गाउँघर क्लिनिक सञ्चालन हुँदा अब निःशुल्क रुपमा रक्तचाप र मधुमेह परीक्षण हुनेछ । बुधबार वडा नं ५ को गाउँघर क्लिनिकमा ६५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । अभियानबाट स्थानीयको स्वास्थ्य क्षेत्रमा उपलब्ध हुने अपेक्षा गरिएको बताइयो ।

यसैबीच नमोबुद्ध नगरले पनि उच्च रक्तचाप हुनेको पहिचान, परीक्षण, जोखिम न्युनीकरण नियन्त्रण गर्ने उद्धेश्य ‘बागमती–काभ्रेपलाञ्चोक हाइपरटेन्सन केयर क्यासकेड इनिसिएटिभ्स’अन्तर्गत अभियान थालेको छ । यसअघि नगरले १८ बर्ष माथिका स्थानीयको निःशुल्क स्वास्थ्य परीक्षण गरी नसर्ने रोगको समस्या देखिएपछि उच्च रक्तचाप, मधुमेह ९सुगर०, अल्कालीन, प्रोटीन परिक्षण निःशुल्क र एक बर्षसम्म निःशुल्क औषधीको व्यवस्था मिलाएको थियो ।

नगर स्वास्थ्य शाखाका अनुसार उक्त परीक्षणमा ४ हजार ६ सय ६१ को परीक्षण गर्दा ५ सय ९७ जनामा उच्च रक्तचाप देखिएको थियो । जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा पुरुपोतमराज सेढाईका अनुसार, पहिचान, निदान, उपचार र नियन्त्रणको लागि अभियानअन्तर्गत १३ वटै स्थानीय तहका सबै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई तालिमका साथै न्युनतम उपकरणसमेत प्रदान गरिनेछ ।

उहाँका अनुसार काभ्रेपलाञ्चोकमा उच्च रक्तचापको सम्भावित जोखिममा रहेका ५० हजार ५० जनामध्ये पहिलो बर्षमा १५ प्रतिशतलाई सेवा प्रदान गरिने लक्ष्य दिइएको छ । विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा नेपालमा नै पहिलोपटक तीनै तहका सरकारको सहभागितामा काभे्रपलाञ्चोकमा सुरु गरिएको सो कार्यक्रम जिल्लाका १३ वटै पालिकामा एकैसाथ कार्यान्वयन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय