
भिटेन नामबाट परिचित गायक समीर घिसिङको पछिल्लो र्याप गीत ‘गल्ली सडक’ चर्चामा रहन सफल भएको छ । गीतमा सत्ता विरुद्धको आ’क्रोश समेटिएको छ । अ’श्लि’ल गीतका कारणले पटक पटक पक्राउ पर्दै सच्चिने सर्तमा छुट्दै आएका भिटेनको गीतका शैली पहिलेझै छन् । फरक उनको प्र’हार मात्र हो । उनले अहिलेको ‘गल्ली सडक’ प्रहरी प्रति समेत लक्षित छ । प्रहरीबाट भोगेको अनुभव भिटेनले गीतमा समेटेको जो कोहीले पनि सजिलै अनुमान लगाउन सक्छन् ।
गीतमा उनले अ’पराधी सरकारले पालेको र बि’ग्रिसकेको समाजको दोस आफूलाई लगाएको आरोप समेत लगाएका छन् । गत ३० अक्टोबर अर्थात ९ दिन अगाडि युट्युवमा सार्वजनिक यो गीत केही दिनदेखि लगातार युट्युवको ट्रेन्डिङमा रहन सफल छ । अहिलेसम्म २२ लाख बढी दर्शक पाएको गीतले २ लाख भन्दा बढी लाइक र करिब ४ हजार डिसलाइक पाएको छ । गीतमा शब्द, संगीत र स्वर समेत भिटेनकै रहेको छ । भिडियो :