
काठमाडौं । अमेरिकी डिभी चिट्ठा खुलेदेखि नेपाली राहदानी (पासपोर्ट) बनाउन आवेदन दिनेहरुको संख्या थेगीनसक्नु बढेको छ । राहदानी बिभाग कार्यालय अगाडिदेखि सुरु भएको लाईन अहिले हनुमानढोकाको उतरी क्षेत्रसम्म पुगेको छ ।
राहदानी विभागका कर्मचारीहरुका अनुसार विदेश जाने प्रयोजनका लागि पासपोर्ट बनाइने पास्पोर्ट खास गरी डिभी चिठ्ठाका लागि आबेदन खुलेपछि भिड बाक्लीएको हो । राहदानी बनाउन लाईन बस्ने अधिकांस युवा–युवतीहरु बढी देखिएका छन् ।
लामो लाईन छिचोल्दै निकै अगाडी बढीसकेका कतिपय सेवाग्राहीले आफ्नो अत्यावश्यक अन्य कामसमेत गर्न बिर्सिएका थिए । यहाँसम्म कि कतिपयले आफ्नो पालो मिचिने डरले पिसाव फेर्नका लागि ५ मिनेट समयसमेत निकाल्न सकेनन् ।
‘दिनभरी कुर्दा बल्ल यहाँ पुगीयो ।’ लाईन बसेकी सीता लिम्बूले भनिन्, ‘पाँच मिनेटले सारै च्यापेको छ तर, यहाँ पालो मिचियो भने फेरि अन्तिम ठाउँदेखि लाईन बस्नुपर्छ । बरु एकछिन सहन्छु ।’ सीताजस्तै अन्य धेरैले बिहानैदेखि लाईन बसेको र पालो मिचिएर अन्तिम पंत्तीमा उभिनुपर्ने भएकाले आफ्नो स्वास्थ्यलाई समेत चुनौति दिदै लगभग २४ घण्टा सडक पेटीमै खडा भएका थिए ।
नेपाल र भारतबीचको खुला सिमानाको फाईदा उठाइ अफगानिस्तान, पाकिस्तान, बंगलादेशलगायत तेस्रो देशका नागरिक अबै-ध ढं-गले नेपाल प्रवेश गर्न थालेपछि सीमामा क-डाइ गरिएको हो । केही दिनअघि भारतको बाटो हुँदै ११ अफगानी नेपाल प्रवेश गरेका थिए ।
नयाँ व्यवस्थाअनुसार नेपाल आउने भारतीयले सीमा प्रवेश गर्नुअघि नागरिकता, भारतीय आधार कार्ड, चालक अनुमतिपत्र र शैक्षिक परिचयपत्रमध्ये एउटा अनिवार्य देखाउनु पर्छ ।
अ-तिवाद नि-यन्त्रण तथा गै-रकानू-नी ढंगले नेपाल भित्रिने नागरिकलाई रोक्न परिचय पत्र अनिवार्य गरिएको भारतको सीमा सुरक्षा बलले जनाएको छ ।
यसअघि शनिवार गृहमन्त्री बालकृष्ण खाँडले एक आदेशमा हस्ताक्षर गर्दै नेपाल प्रवेश गर्ने भारतीयमाथि कडा-इ गर्न भारतसँग अनुरोध गरेका थिए ।