latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

काठमाडौँ ५ भदौ : जापान सरकारले सुस्मा कोइराला मेमोरियल अस्पताल साँखुलाई भेन्टिलेटर सहयोग गरेको छ । आगोले पोलेका बिरामीलाई सन् १९९७ देखि प्लास्टिक सर्जरीमार्फत उपचार गर्दै आइरहेको उक्त अस्पताललाई भेन्टिलेटर र स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

 

जापान सरकारले अस्पताललाई प्रदान गरेको भेन्टिलेटरसहितको आइसियु कक्षको सोमबार सुष्मा कोइराला मेमोरियल ट्रष्टका संस्थापक संरक्षक एवं पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला र नेपालका लागि जापानी राजदूत किकुता युतुकाले आज संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

पूर्वउपप्रधानमन्त्री कोइरालाले आफ्नो आमाको जलनको कारण उपचारको अभावमा मृत्यु भएको चर्चा गर्दै कोही नेपाली पनि जलनका कारण मृत्यु हुन नपरोस् भन्ने चाहनाका साथ अस्पताल स्थापना गरिएको बताउनुभयो ।

उक्त अस्पतालले हालसम्म २४ हजार बिरामीको शल्यक्रिया गर्नाका साथै चार लाख ५० हजार बिरामी जाँच गरिसकेको छ । जापान सरकारबाट उपलब्ध गराइएको उपकरणले जलनका बिरामीको उपचारमा थप टेवा मिल्ने अस्पतालका मेडिकल डाइरेक्टर डा विक्रम भण्डारीले बताउनुभयो ।

कार्यक्रममा नेपालका लागि जापानी राजदूत युतुकाले राजदूतावासको सानो सहयोगले जलनका बिरामीको जीवन रक्षा गर्न ठूलो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । अस्पतालमा आगोले पोलेको, करेन्ट तथा एसिडबाट भएका जलनको उपचार हुनाका साथै अन्य विशेषज्ञ सेवा दैनिक रुपमा उपलब्ध हुँदै आएको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय