latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

भोजपुर, ४ भदौ ः भोजपुर जिल्लाकै दुर्गम मानिने साल्पासिलिछो गाउँपालिकाका ३८ सामुदायिक विद्यालयमा ‘ब्रोडब्याण्ड इन्टरनेट’ सामग्री वितरण थालिएको छ । सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षामा जोड दिन इन्टरनेट सेवा विस्तार सुरुआत गरिएको हो ।

 

 

यहाँका ४४ विद्यालयमध्ये पहिलो चरणमा ३८ विद्यालयमा इन्टरनेट विस्तारको काम थालिएकोे गाउँपालिका शिक्षा शाखा प्रमुख थानेश्वर गुरागाईंले जानकारी दिनुभयो । यहाँका छ माध्यमिक विद्यालयमा भने यसअघि नै इन्टरनेट सेवा विस्तार गरेर सञ्चालनमा रहेको उहाँको भनाइ छ । दोस्रो चरणमा यी विद्यालयको पनि इन्टरनेटको थप क्षमता विस्तारलगायतको काम गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।

नेपाल दूरसञ्चार प्राधिकरण र साल्पासिलिछो गाउँपालिका बीच भएको सम्झौताअनुसार यहाँका विद्यालयमा इन्टरनेट सेवा विस्तार थालिएको हो । प्राधिकरणले प्रत्येक विद्यालयमा २० एमविपिएस नन डेडीकेडेट सेवा विस्तार गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवकुमार अधिकारीले जानकारी दिनुभयो ।

गाउँपालिकाभित्रका विद्यालयमा प्रविधिमैत्री शिक्षामा जोड दिन योजनाबद्धरुपमा कामको थालनी गरिएको प्रशासकीय अधिकृत अधिकारीले बताउनुभयो । विद्यालयमा सूचना प्रणालीको विकास गर्नको लागि राष्ट्रिय योजना आयोगबाट आउने रु. ९७ लाख विशेष अनुदानको बजेटबाट थप काम गर्ने उहाँको भनाइ छ । “जिल्लाकै विकट मानिने हाम्रो गाउँपालिकामा प्रविधिमैत्री शिक्षाको विकासमा जोड दिएका छौँ”, प्रशासकीय अधिकृत अधिकारीले भन्नुभयो, “यहाँका सवै विद्यालयमा इन्टरनेट सेवा विस्तारको काम थालेका छौँ । खास गरेर हाम्रो एक मात्र लक्ष्य नै सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउनु हो ।”

सामुदायिक विद्यालयमा इन्टरनेट सेवा विस्तारले बालबालिकालाई नवीनतम र प्रविधियुक्त शिक्षा लिन सहज हुने गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताउनुभयो । प्रविधिको विस्तारले शिक्षाको गुणस्तरमा सुधार ल्याउन भूमिका खेल्ने अध्यक्ष कुलुङको भनाइ छ । “नेपाल दुरसञ्चार प्राधिकरणसँगको सहकार्यमा ३८ वटा विद्यालयमा गुणस्तरीय इन्टरनेट सेवा विस्तार थालेका छौँ”, अध्यक्ष कुलुङले भन्नुभयो, “यसले यहाँका बालबालिकालाई प्रविधियुक्त शिक्षा लिन सहजता थप्नेछ । शिक्षालाई प्रविधिमैत्रीसँगै गुणस्तरीय बनाउन गाउँपालिकाले काम गरिरहेको छ ।”

सम्झौताअनुसार प्राधिकरणले एक विद्यालयमा पहिलो वर्ष रु ७३ हजार नौ सय का दरले रु २८ लाख आठ हजार नौ सय बराबरको इन्टरनेट सेवा प्रदान गर्नेछ । त्यस्तै दोश्रो वर्षमाप्रति विद्यालय रु १८ हजार नौ सयका दरले रु सात लाख आठ हजार दुई सय बरावरको इन्टरनेट सेवा प्रदान गर्ने गाउँपालिकाको भनाइ छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय