latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ याङ र वडा नं ६ घुन्सामा आलु उत्पादन वृद्धि भएको छ । गत वर्ष निराश भएका कृषक यस याममा उत्पादनमा सुधार आएसँगै उनीहरु उत्साहित भएका हुन् ।

फक्ताङलुङ –६ का पेमा शेर्पाले एकमुरी मुरी आलु गत असारमा रोप्नुभएको थियो । उहाँले भन्नुभयो “ सातमुरी भन्दा वढी उत्पादन भयो ” । सोही गाउँका उटुक र टाँसी शेर्पाले पनि गतवर्षको भन्दा दोब्बर आलु उत्पादन भएको जानकारी दिनुभयो ।
हिमाली क्षेत्र भएकाले याङ र घुन्सामा अन्य खेतीपाती हुँदैनन् । आलु भण्डारणका रूपमा रहेको घुन्सा क्षेत्रमा गत वर्ष आलु बीउको अभाव भएको थियो ।

ती क्षेत्रमा उत्पादन भएको आलु अगामी मङ्सिरको तेस्रो सातादेखि याकमार्फत ढुवानी गरेर चेनेसम्म पु¥याउने गर्दछन् । चेनेमा अस्थायी टहरा निर्माण गरेर आलुको व्यापारका लागि आलु कृषक तयारी हुन्छन् । आलु बीउका लागि तल्लो क्षेत्रका समुदायले कोदो, मकैलागयतका अन्न बोकेर दुई÷चार दिन पैदलयात्रा गरेर आलु व्यापारिक केन्द्र याङमाको चेनेमा पुग्ने गर्दछन् । घुन्सा क्षेत्रका आलु व्यापारिक केन्द्र फले पुग्ने गर्दछन् । एक पाथी अन्नमा आलु दुईदेखि चार पाथीसम्ममा साट्ने प्रचलन छ ।

गत वर्ष ती क्षेत्रमा आलु उत्पादन कमी आएसँगै आलुको त्यति व्यापार नभएको याङमाका ठावा शेर्पाले जानकारी दिनुभयो । विगत वर्षमा जस्तै नभए पनि गत वर्षभन्दा आलु उत्पादनमा वृद्धि भएको उहाँको भनाइ छ । आलु उत्पादनमा सुधार आएसँगै आलु कृर्षकमा आशा पलाएको स्थनीयवासी भनाइ छ । यी क्षेत्रमा कति आलु उत्पादन हुन्छ भनेर तथ्याक सङ्कलन नभएको फक्ताङलुङका कृषि शाखाका प्रविधिक सहायक ओमप्रकाश शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय