latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

काठमाडौँ, ३ भदौ : काठमाडौँको वनस्थली ढुङ्गेधारामा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । बालाजुबाट कलङ्कीतर्फ जाँदै गरेको ना५ख ५०९२ नम्बरको गोरखा दरौँदी यातायात कम्पनी प्रालिको बसले आज बिहान विपरीत दिशाबाट आउँदै गरेको प्रदेश०२–०३७प ०७५५ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

 

 

मृत्यु हुनेमा सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका घर हुने ३२ वर्षीया अनिता थापा र वतन नखुलेका ३२ वर्षीय रामकुमार भारती रहेका छन् । परिसरका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले दुर्घटनामा गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको जानकारी दिनुभयो ।

दुर्घटनामा नौ वर्षीय बालिका अनिशा थापा घाइते भएकी छन् । टाउकोमा चोट लागेर घाइते भएकी थापाको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता ढुङ्गेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय