latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

डडेल्धुरा, ३१ साउन : डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ मा किसानले लगाएको मकै बाली जङ्गली जनावर बँदेल, बाँदर तथा दुम्सीले नष्ट पारेको छ ।

 

 

बुधबार जङ्गली जनावरले नष्ट पारेको मकै बालीको अनुगमन गर्न खेतमै पुगेका वडा नं २ का अध्यक्ष दिलबहादुर विष्टले बगाल र बेडपानीमा बढी क्षति पु¥याएको बताउनुभयो । बर्सेनि जनावरका कारण किसानले हैरानी खेप्नु परिरहेको जनप्रतिनिधि बताउँछन् ।

जङ्गली जनावरले मकै, भटमास र धानबारीमा र मार्सीमा व्यापक क्षति पु¥याएको छ । वडा कार्यालयका अनुसार करिब रु ५० लाख बराबर क्षति भएको छ । स्थानीय दानबहादुर साउदले हराभरा भएको खेतीपाती सखाप भएको देख्दा दुःख लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “जङ्गली जनावर मारे कारबाही हुन्छ, नमारे हुलका हुल बारीमा आउँछन्, सखाप पारेर जान्छन्, के गर्ने हाम्रा लागि पहल गरिदिनु प¥यो ।”

उहाँले आफ्नो दुःखेसो पालिका प्रमुखलाई पनि सुनाएको र पालिका प्रमुख लक्ष्मी अवस्थीले बैठक बसेर केही व्यवस्थापन गर्ने आश्वासन दिएको सुनाउनुभयो । वडा नं २ कै दुर्गादेवी साउँदलाई १४ जनाको परिवार यसै खेतीको आशामा बाँचेकाले यसपालि के खाने भन्ने चिन्ता छ । पोहोर साल गाउँमै रहेका केहीलाई बँदेलले घाइते बनाएकाले पहरा दिन पनि डर छ । “खेतीपाती लगाएर उल्टो दुःख मात्रै पाइन्छ”, उहाँको दुःखेसो छ ।

साउँदका अनुसार प्रायः रातमा आएर खाने जङ्गली जनावर धपाउन महिलालाई ठूलो चुनौती छ । रातभर जाग्राम बस्दा पनि खेती बचाउन मुस्किल हुन्छ । स्थानीय गणेशबहादुर साउँदका अनुसार ५० देखि ६० रोपनी जमिनमा लगाएको सबै खेतीपाती पूर्णरूपमा सखाप भएको छ ।

तत्कालका लागि राहत र दीर्घकालीनरूपमा खेतबारीको संरक्षणका लागि सम्बन्धित निकायले पहल गरिदिनुपर्ने माग स्थानीयवासीको रहेको छ । किसानको क्षतिका बारे पालिका, कृषि ज्ञानकेन्द्र र डिभिजनल वन कार्यालयलाई मौखिक जानकारी गराएकोमा लिखितरूपमा दिने काम भइरहेको जनाइएको छ ।

जङ्गली जनावरका कारण अजयमेरु–१ समैजी, अमरगढी, गन्यापधुरा, भागेशवरका किसानले हैरानी खेप्नुपरेको छ । सरकारले स्थायी समाधानका लागि घेरबार तथा दिगो समाधान गरिदिनुपर्ने स्थानीयवासीको माग छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय