latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

काठमाडौँ, ३१ साउन : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि उत्पादकत्व र निर्यात वृद्धि गर्नुपर्ने बताउनुभएको छ ।

 

एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले आज आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्था : समस्या र समाधान’ विषयक छलफल कार्यक्रममा अध्यक्ष ओलीले आधारभूत आवश्यकता परिपूर्तिका लागि स्वदेशमै उत्पादन वृद्धि गर्न र निर्यातसमेत गर्न आग्रह गर्नुभएको हो ।

उहाँले निर्यातका क्रममा कुनै समस्या भए सरकारले सहजीकरण गर्नुपर्ने पनि जनाउनुभयो । अध्यक्ष ओलीले आर्थिक सामाजिक रूपान्तरणका लागि स्थायित्व, बैंकिङ सहजीकरण र लगानीको वातावरण आवश्यक रहेकोे स्पष्ट गर्नुभयो ।

कार्यक्रममा पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक स्थितिमा सुधार ल्याउन सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्ने बताउनुभयो । नेपाल सरकारका पूर्वमुख्यसचिव डा विमल कोइरालाले लगानी गरेपछि व्यापारीलाई लाभ लिनसक्ने वातावरण दिनुपर्नेमा जोड दिनुभयो । विभागका प्रमुख मोती दुगडले भ्रष्टाचार औद्योगीकरणका लागि बाधक हुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय