latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बिहिबार , साउन १४, २०८३

धरानः प्रहरीले महिलाहरूमाथि कुटपिट गरी सामाजिक सञ्जालमा भिडियो राख्ने तीन महिलालाई पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले अभियुक्त तीन महिलाहरूलाई सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार असार २९ गते बेलुका सुनसरी बराहक्षेत्र नगरपालिका वडा-९ स्थित चिहान डाँडाको कोशी किनारमा राजाबास टोलमा बस्ने १९ वर्षीय मनिषा राईसहित तीनजनाले विपक्षीहरूको बेईज्जती गरेको भन्ने आरोप लगाई पीडितहरूलाई झुक्याएर चिहानडाँडाको कोशी किनारमा बोलाई पाँच जनाले तीनैजनालाई पालैपालो कुटपिट गरेका थिए।

उक्त कुटपिट गरेको भिडियोसमेत बनाई सामाजिक सञ्जालमा राखेपछि सामाजिक सञ्जालमा भाइरल भएको थियो। भिडियो सामाजिक सञ्जालमा राखिएकोमा पिडितहरूले असार ३१ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा जाहेरी दरखास्त दिएका थिए।

उक्त जाहेरी दरखास्तको आधारमा पाँच जना अभियुक्तहरूमध्येका जिल्ला सुनसरी बराहक्षेत्र नगरपालिका वडा-१० भुजेल टोलमा बस्ने वर्ष १९ की प्रीति लिम्बुलाई सोही दिन महेन्द्रनगरबाट पक्राउ गरी अभद्र व्यवहार मुद्दा अन्तर्गत पाँच दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

यस्तै, उक्त घटनामा संलग्न प्रतीवादीहरू भागि लुकिछिपी बसिरहेको अवस्थामा जिल्ला सुनसरी बराहक्षेत्र नगरपालिका-८ सैनिकटोलमा बस्ने वर्ष १८ की दुर्गा राई र सोही टाेलमा बस्ने वर्ष २२ की बिनिता उराँउलाई इप्रका महेन्द्रनगरबाट खटिएको प्रहरी निरीक्षक राजेश दत्तको कमाण्डको विशेष प्रहरी टोलीले सुनसरीको इटहरी बजारबाट मंगलबार पक्राउ थियो। अन्य फरार रहेका थप २ जना अभियुक्तहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।[][]

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय