latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

काठमाडौं । नेकपा माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धुलिखेल जिपलाइनमा जिपलाइन खेलेपछि भीडभाड वढेको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले साहसिक खेल जिपलाइनको मज्जा लिएपछि अहिले धुलिखेलमा जिपलाइन गर्नेहरुको ‘ओइरो’ नै लागेको हो । नाति नातिनीसहित धुलिखेल पुगेका प्रचण्डले गत शुक्रबार क्लासिक जिपलाइनको मज्जा लिएका थिए । प्रचण्डले जिपलाइन गरेपछि उनका तस्बिर र भिडियोहरु सामाजिक सञ्जालमा भाईरल नै भएका थिए ।

यसरी प्रचण्ड पुगेपछि अहिले जिपलाइन गर्नेको संख्यामा वृद्वि भएको धुलिखेल जिपलाइनका अध्यक्ष केदार थापाले नयाँपुस्तालाई बताए । थापाका अनुसार प्रचण्ड पुग्नुअघि दिनका ८–१० जनाले मात्र जिपलाइन खेल्ने गरेको भएपनि त्यसपछिका दिनमा त्यो संख्या वढेर २५–३० जना सम्मले जिपलाइन गरेका छन् ।

यसरी जिपलाइन गर्नेहरुको संख्यामा वढेसँगै आफूहरु उत्साहित बनेको थापाले बताए । काठमाडौबाट करिब ३५ किलोमिटरको दूरीमा रहेको जिपलाइन २०७५ फागुनदेखि व्यवसायिक रुपमा शुरु भएको हो । जिपलाइनको टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्यान्डिङ स्टेसन (खावा, पाँचखाल) सम्मको जिपलाइन दुरी ११ सय मिटर रहेको छ ।

जहाँ क्लासिक, सुपरम्यान र टेण्डम जिपलाइनको मज्जा लिन सकिन्छ । जहाँबाट लाङटाङ, दोर्जेलाक्पा, फूर्बीच्याचू लगायताका हिमाल समेत अवलोकन गर्न सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय