latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

इटालीमा व्यावसायिक फुटबल खेल्दै आएका नेपाली मुलकका युवा खेलाडी विकास मेराग्लियाले च्यासल युथ क्लबबाट सहिद स्मारक ए डिभिजन लिग फुटबल खेल्ने भएका छन् ।

च्यासल युथ क्लबले पत्रकार सम्मेलन गरेर इटालीमा व्यवसायिक खेल खेल्दै आएका युवा खेलाडी विकासले क्लबमा अनुबन्ध रहेकाे जानकारी गराइएको हो । सम्झौता भएसँगै युवा स्ट्राइकर विकासले च्यासल क्लबको जसीमा ए डिभिजन लिग खेल्ने भएका हुन् । विकासले च्यासलसँग एक वर्षको लागि सम्झौता गरेका हुन् ।

को हुन्, विकास ?

६ वर्षको उमेरमा अर्थात् सन् २००८ मा विकासलाई एक इटालीयन दम्पतीले धर्मपुत्रमा रुपमा लगेका थिए । आज विकास इटालीबाट जन्मथलो नेपाल फर्केको ठ्याक्कै १३ वर्ष पुगेको छ ।

सानैदेखि फुटबलमा सौखिन विकास इटालीमा रहेर व्यावसायिक फुटबल खेलिरहेका थिए । उनले इटालीको यु–१६ टोलीबाटसमेत खेलिसकेका छन् भने इटालियन युथ फुटबलमा विकासको खुबै चर्चा छ ।

इटालीमा रहँदा एटलान्टा र भेनेजियाको युवा टोली तथा काटोलिका र मारिग्लयानेसको सिनियर टोलीबाट विकासले खेल खेलिसकेका छन् । अब उनको खेल कार्तिक २९ गतेदेखि सुरु हुने ए डिभिजन लिगमा देखिने छ ।

नेपालको शीर्ष डिभिजनको लिग कात्तिक २९ गतेबाट आयोजना हुँदै छ । च्यासलले विदेशी खेलाडीको रुपमा विकासलाई अनुबन्ध गरेको हो। विकासले च्यासलबाट खेल्दा १० नम्बरको जर्सी लगाउने छन्। च्यासलमा अनुबन्ध भएका विकासले क्लबसँगको वातावरणले फुटबल खेल्न प्रेरित भएको बताए ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय