काठमाडौं, ५ जेठ । युरोपा लिगको उपाधिका लागि सेभिया र रोमा भिड्ने भएका छन् ।

 

बिहिवार राती सकिएको खेलमा सेभियाले युभेन्टस र रोमाले लेभरकुजेनलाई पराजित गरे पछि फाइनलमा दुवै टिमको भिडन्त पक्का भएको हो । सो रोमाञ्चक फाइनल खेल हंगेरीको बुढापेस्टमा मे ३१ मा हुने छ ।

इटालियन क्लब युभेन्ट्सलाई दोस्रो लेगको खेलमा २–१ ले हराउँदै तथा समग्रमा सेभियाले ३–२ को जित हात निकाल्न सफल भएको हो । पहिलो लेगको खेलमा यी दुई क्लब १–१ गोलको बराबरी रोकिएका थिए ।

 

शुक्रवार रातीको खेलमा डुसान भ्लाहालोभिचले ६५ औं मिनेटमा गोल गरेपछि युभेन्ट्सले सुरुआती अग्रता लिन सुरु गरेको थियो । तर, ७१ औं मिनेटमा सुसोले सेभियाका लागि गोल गरे पछि खेल १–१ मा गोलको बराबरीमा रहन पुग्यो ।

 

उता, खेल अतिरिक्त समयमा सेभियाका लागि एरिक लामेलाले अर्को गोल थपे, जुन गोल सेभियालाई फाइनलमा जानका लागि निर्णायक बनिदियो ।

 

र, युनाईटेडलाई २–१ ले पराजित गरेको सेभियाले समग्रमा ३–२ को जित निकाल्दै फाइनल यात्रा तय गर्न सफल भयो ।

उता, इटालियन क्लब रोमा भने युरोपा लिगको फाइनलमा सेभियासँग भिडन लेभरकुजनलाई पराजित गर्दै आएको हो ।

 

शुक्रबार बिहान सम्पन्न भएको खेल गोलरहित बराबरीमा सम्पन्न भए पनि पहिलो लेगमा १-० गोल अन्तरले जीत हासिल गरेका कारण रोमा फाइनलमा पुग्न सहज भएको हो ।

लेभरकुजन १-० ले पछि पारेर रोमाले सेभियासँग भिडन्तका लागि फाइनल यात्रा पक्का गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर