दार्चुला, २८ चैत

दार्चुलामा जिप दुर्घटना भएको छ । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ८ मा जिप दुर्घटना भएको हो ।

 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार जिल्लाको खलंगाबाट गोकुले जाँदै गरेको से १ ज ८४९ नम्बरको जिप र विपरीत दिशाबाट आउदै गरेको म १ ज २७६ नम्बरको जिप आपसमा ठोकिएका हुन् ।

जिपमा सवार १४ वर्षिय सुनिता चैसीर सामान्य घाइते भएकी छन् । अन्य यात्रुलाई चोटपटक लागेको छैन । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय