
नेकपा एकीकृत समाजवादीले रक्षा मन्त्रालय, शहरी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएको छ ।नेकपा एसबाट पर्यटन मन्त्रीको जिम्मा प्रेमबहादुर आलेमगरलाई तोकिने भएको छ ।यसअघि वनमन्त्री बनेका आले अब पर्यटन मन्त्रीको सपथ लिदैछन् ।आलेले हिजोको अनुभवले आफूलाई अब काम गर्न निकै सहज हुने प्रतिक्रिया दिइरहेका छन् । मुलुकको संस्कृति र पर्यटनमा आफूले डटेर काम गर्ने उनको भनाइ छ ।मन्त्री बन्दै गरेका आलेले अबका दिनमा आफ्नो टिमलाई सशक्त बनाउने बुझिएको छ । यसअघि टिम राम्रो नहुँदा केही आलोचना समेत आलेले खेप्नुपरेको थियो ।प्रधानमन्त्री शेरबहादुर देउवाले २१ गते मन्त्रिमण्डल बिस्तार गर्ने भएका छन् ।