latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

काठमाडौं। नेपाली युवा वैज्ञानिक हरिराम श्रेष्ठ र आभाष मास्केले बनाएको ‘नेपालीस्याट-१’ नामक भू-उपग्रह अन्तरिक्षमा ८४१ दिन रहेर खसेको छ । विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्रविधि विभागका प्रमुख प्रा. डा. रविन्द्र ढकालले जापानी समय अनुसार १० बजेर ४१ मिनेट अर्थात नेपाली समय दिउँसो ४ बजेर २६ मिनेटमा खसेको बताए । उनले अनलाइनखबरसँग भने,’ नेपाली वैज्ञानिकले बनाएको भू-उपग्रह ‘नेपालीस्याट-१ अन्तरिक्षमा ८४१ दिन रह्यो।

अन्तरिक्षमा रहँदा पृथ्वीलाई १३ हजार ४५६ फन्को लगाएको थियो । नेपाली समय अनुसार आज दिउँसो ४ बजेर २६ मिनेटमा पृथ्वीको वायुमण्डलमा खसेको जापानबाट आभास मास्केले गराउनुभएको छ ।’ उनका अनुसार नेपाली स्याट-१सँगै अन्तरिक्षमा छाडिएको श्रीलंकाको राभाना-१ भू-उपग्रह पनि खसेको थियो । नेपालीस्याट-१ ले देशका विभिन्न स्थानको तस्वीर सङ्कलन तथा हिमाल, पहाड, तराई, वन, पाखा हिमनदी, सडक र बाढीका बारेमा सूचना संकलन गर्ने उद्देश्यले पठाइएको थियो।

प्रमोटेड कंटेंट

‘नेपालीस्याट-१’ नाम दिइएको उक्त स्याटालाइट नयाँ वर्षको अवसर पारेर २०७६ वैशाख ५ गते बिहीबार २ बजेर ३१ मिनेटमा अमेरिकाको भर्जिनियामा अवस्थित वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट ‘नेपालीस्याट-१’ स्याटेलाइट प्रक्षेपण गरिएको थियो । तर अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट नेपाली स्याट-१ सँगै श्रीलंकाको राभाना-१ र जापानको युगुसु भूउपग्रहलाई एकैसाथ २०७६ साल असार २ गते पृथ्वीको कक्षमा छाडिएको थियो।

जापानको क्युटेक विश्वविद्यालयसँग सहकार्यमा तीनै देशका विद्यार्थीहरुले बनाएका थिए । नेपालीस्याट-१ लाई नेपालबाट इलेक्ट्रिकल र कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका नास्टका प्राविधिक अधिकृत हरिराम श्रेष्ठ र स्पेस टेक्नोलोजी इन्जिनियरिङमा विद्यावारिधि गरिरहेका नेपाली वैज्ञानिक आभाष मास्केले बनाएका थिए । क्युटेकको बर्डस परियोजना अन्तर्गतको छात्रवृत्तिमा नानो भू-उपग्रह निर्माण गरिएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय