latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शुक्रबार , साउन १५, २०८३

बारा, २४ चैत । नेपाल तेक्वान्दो महासंघ (एनटीएफ) का अध्यक्ष दिनेश शर्मा अष्ट्रेलियामा पुरस्कृत हुने भएका छन् । निजगढ नगरपालिका-३ सिंगोल घर भएका शर्मालाई ‘अन्तर्राष्ट्रिय राजदूत पुरस्कार’ बाट अष्ट्रेलियामा पुरस्कृत गर्न लागिएको हो ।

 

अष्ट्रेलियाको मेलबर्नमा अप्रिल २३ तारिखमा हुने कार्यक्रमकाबीच शर्मालाई उक्त पुरस्कारबाट पुरस्कृत गरिनेछ । शर्मा आगामी महिना अष्ट्रेलियामा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आइटिएफ)को तत्वधान र युनाइटेड आइटिएफ तेक्वान्दो अष्ट्रेलियाको आयोजनामा हुने तेस्रो ग्लोबल ओपन तेक्वान्दो च्याम्पियनसिप २०२३ मा सहभागी हुनेछन् ।

नेपाली टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै अष्ट्रेलिया जान लागेका शर्मा विश्व मार्सल आर्ट हल अफ फेमका निर्देशक र नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासंघका महासचिव हुन । उनी नेपाल फाइट क्लब र साङ्ग्रोक नेपाल तेक्वान्दोे एकेडेमीका अध्यक्ष र मुख्य प्रशिक्षक समेत हुन् ।

मार्सल आर्टका विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिता जनाइसकेका शर्मा अष्ट्रेलियामा पुरस्कृत हुने भएपछि खुशी भएका छन् । शर्माले भने ‘तेक्वान्दोप्रतिको निरन्तर लगावका कारण यो सफलता मिलेको हो । अझै यस खेलसंग समर्पित भएर अघि बढ्नेछु ।’

तेक्वान्दो कोचिङ क्याम्प, अन्तर्राष्ट्रिय रेफ्री र प्रशिक्षक तालिमहरुमा सहभागिता जनाएका उनले अमेरिका, बेलायत, जर्मनी, ब्राजिल, दक्षिण कोरिया, इटलीलगायत अन्य देशमा आयोजना भएका अन्तर्राष्ट्रिय मार्सल आर्टका खेलमा खेलाडी, प्रशिक्षक, रेफ्री र कार्यक्रम निर्देशकको रूपमा जिम्मेवारी सम्हालिसकेका छन् ।

शर्माले यसअघि अमेरीका, बेलायत, जर्मनी, ब्राजिल, भारत लगायतका विभिन्न देशबाट अन्तर्राष्ट्रिय पुरस्कार र सम्मान प्राप्त गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय