latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

काठमाडौं, २२ चैत । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा उकालो लागेको छ । बुधबार नेप्से परिसूचक ८.३९ अंकले उकालो लागि १८७५ को बिन्दुमा आएर रोकिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक करिब २ अङ्कले वृद्धि भई ३५३.९५ विन्दुमा पुगेको छ।

 

यसअघि मंगलबार कारोबारमा नेप्से परिसूचक ५.२० अंकले घटेर १८६६.६८ बिन्दुमा आएर रोकिएको थियो । सोही दिन ९१ करोड ७६ लाख रुपैयाँ भन्दाबढीको कारोबार भएको थियो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार कूल २६२ कम्पनीको २६ लाख २ हजार ९५६ कित्ता सेयर खरिद बिक्री हुँदा ८१ करोड ६० लाख रुपैयाँ भन्दाबढीको कारोबार भएको छ । नेप्से सुचकमा १४६ कम्पनीमा वृद्धि भएको छ । ६४ कम्पनीमा ओरालो लागेको र ७ कम्पनी स्थिर रहेको छ ।

कारोबारको आधारमा सिवम सिमेन्ट शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीले ६ करोड ४३ लाख भन्दाबढीको कारोबार गरेको छ । नविल बैंक दोश्रो स्थानमा छ । उक्त बैंकले २ करोड ३५ लाख रुपैयाँ भन्दा बढिको कारोबार भएको हो ।

बुधबार १३ उपसुचक मध्ये ३ कम्पनी बाहेक सबै कम्पनीमा वृद्धि भएको छ । निमार्ण तथा प्रसोधन ०.१० प्रतिशत, निर्जीवन बिमा ०.५२ प्रतिशत र ट्रेडिङ सुचक ०.४१ प्रतिशतले ओरालो लागेको हो । वृद्धि हुनेमा होटल तथा पर्यटनको १ प्रतिशतले र अन्य सुचकहरुमा सामान्य सुधार देखिएको छ ।

बुधबारको कालिन्चोक दर्शनको करिब १० प्रतिशतको सेयर कारोबार भएको छ। उक्त कम्पनीहरुले सर्वाधिक कमाएका छन्। यसैगरि सानिमा ग्रोथ फण्डको ८ प्रतिशत, लक्ष्मी लघुवित्त वित्तिय संस्थाको ७.४१ प्रतिशत र समता घरेलु लघुवित्त को ६.२२ प्रतिशतले सेयर कारोबार बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय