मुम्बई, २२ चैत । एसएस राजामौलीको सुपरहिट फिल्म ‘आरआरआर’ले जापानमा नयाँ रेकर्ड कायम गरेको छ । राम चरण, जूनियर एनटीआर, आलिया भट्ट र अजय देवगन स्टारर फिल्मले जापानको थिएटरमा १ मिलियन बढी फूटफल दर्ता गर्ने पहिलो भारतीय फिल्मको रेकर्ड बनाएको हो ।

 

यो फिल्म जापानको ४४ शहरका २०९ स्क्रिनसहित ३१ आइमेक्स स्क्रिनमा रिलिज गरिएको थियो । फिल्म जापानमा १० लाख पटक देखाइएको छ । फिल्मका निर्देशक राजामौलीले आफ्नो ट्वीटर एकाउण्टमा जापानको दर्शकप्रति जापानी भाषामा नै आभार व्यक्त गरेका छन् ।

 

फिल्मले जापानमा हालसम्म ८० करोड रुपैंयाँ बढी कमाई गरेको छ । यसले जापानमा सय करोड क्लब पार गर्ने व्यापार विश्लेषकको अनुमान छ । फिल्मले गत जनवरीमा जापानमा सय दिन पुरा गरेका थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर