latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

मुम्बई, २२ चैत । बलिउड फिल्म ‘आदिपुरुष’ पुनः समस्यामा फँसेको छ । हालैमात्र फिल्मको नयाँ पोस्टर रिलिज भएको थियो, जुन पोस्टरलाई लिएर विवाद सुरु भएको हो ।

 

फिल्मका निर्देशक ओम राउत, निर्माता भुषण कुमार र कलाकारविरुद्ध मुम्बईको साकीनाका पुलिस स्टेसनमा उजुरी परेको छ । यो उजुरी सञ्जय दीनानाथ तिवारीले दिएका हुन् । जो आफूलाई सनातन धर्मको प्रचारक मान्छन् । उजुरीमा फिल्मको पोस्टरले हिन्दु धर्मको भावनामाथि ठेस पु¥याएको आरोप लगाइएको छ ।

 

फिल्मको नयाँ पोस्टरविरुद्ध मुम्बई उच्च अदालतका अधिवक्ता आशीष राय र पंकज मिश्राको माध्यमबाट सञ्जयले उजुरी दर्ता गराएका हुन् । ‘फिल्मका निर्माताले हिन्दी धर्मग्रन्थ रामचरितमानसको पात्रलाई अनुचित किसिमले देखाएका छन् ।

 

फिल्मको नयाँ पोस्टरले हिन्दु धर्म समाजको धार्मिक भावनामाथि आहत गरेको छ । यसकारण भारतीय दण्ड संहिताको धारा २९५(ए), २९८, ५००, ३४ का अनुसार एफआईआर गर्न माग गर्दै यो उजुरी दिइएको छ’, उजुरीमा लेखिएको छ ।

 

फिल्म हिन्दु धर्मको पवित्र ग्रन्थ रामचरितमानसबाट प्रभावित भएर बनाइए पनि पोस्टरमा पुरुष कलाकारले जनै नलगाएकोमा उजुरीकर्ताको विरोध छ ।

त्यस्तै फिल्मको पोस्टरमा अभिनेता कृति सेननलाई सीताको रुपमा प्रस्तुत गरे पनि उनलाई अविवाहित महिलाजस्तै बिना सिन्दुरमा देखाइएको आरोप छ । उजुरीकर्ताले फिल्मको पोस्टरले सनातन धर्मको अपमान गरेकाले यसले भविष्यमा भारतका विभिन्न राज्यको नीति तथा कानूनका लागि खतरा हुनसक्ने चेतावनी दिएका छन् ।

हालै सार्वजनिक पोस्टरमा प्रभास, कृति सेनन, सनी सिंह र देवदत्तलाई देखाइएको छ । यद्यपि पोस्टरले फ्यानलाई खासै प्रभावित गर्न सकेन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय