ललितपुर, १४ चैत । ललितपुरको महांकालमा भएको मोटरसाइकल दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ ।

 

महांकाल गाउँपालिका–१ बुखेल रातोपहिरोमा मंगलबार बा ३९ प ४८९९ नम्बरको मोटरसाइकल दुर्घटनो ३५ वर्षीय विष्णुप्रसाद फुँयाल र उनकी ३४ वर्षीया श्रीमती सृजना फुँयालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

सोही दुर्घटना मृतकका ५ वर्षीया छोरी सृजला फुँयाल गम्भीर घाइते भएकी छन् । सृजनाको पाटन अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरु सवार उक्त मोटरसाइकलमा अनियन्त्रित भई सडकबाट करिब ४ सय मिटर तल खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय