
काठमाडौ । नेपाल प्रहरीको इतिहासमै पहिलो पटक महिला प्रहरी बनेकी चैतमाया डंगोललाई सम्मान गरिएको छ । प्रहरी प्रधान कार्यालयले उनलाई लाइफटाइम अचिभमेन्ट अवार्ड वाट सम्मान गरेको छ । ६६ औं प्रहरी दिवसको अवसरमा प्रहरी हेडक्वार्टरमा आयोजित समारोहमा उनलाई सम्मान गरिएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो महिला प्रहरी डंगोललाई अवार्ड प्रदान गरेका हुन् । काठमाडौं महानगरपालिका–७ स्थित चावहिलकी डंगोल नेपाल प्रहरीकी पहिलो महिला प्रहरी सहायक निरिक्षक (असई) हुन् ।२००८ असार ११ मा प्रहरी जवानमा भर्ना भएर डंगोलले असईबाट अवकाश पाएकी थिइन् । महिला प्रहरीलाई प्रतिनिधित्व गरेर गौरवशाली इतिहास रचेकी डंगोलले ३१ वर्ष ७ महिना सेवा गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
छोरीलाई पढाउने खासै चलन नरहेको त्यो बेला चाबहिलका किसान तरिमाया र कान्छा डंगोलकी छोरी चैतमाया घर नजिकैका साथीहरूसँग गफिंंदै थिइन् । “वैशाख–जेठतिर हुनुपर्छ, जाडो गइसकेको थियो” उतिबेलाका कुरा सम्झ्ँदै चैतमाया भन्छिन्, “केही महिला छोरीहरू पनि स्कूल जानुपर्छ भन्दै आए । शिक्षा, चेतना र स्वावलम्बनका कुरा गरे । अनि ‘तिमीलाई मिल्ने काम पनि हुने, खेल्न पनि पाइने ठाउँमा लगिदिन्छौं’ भने ।” चैतमाया उनीहरूकै पछि लागिन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल??? क्लिक गर्नुहोला *****