latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शुक्रबार , साउन १५, २०८३

धनगढी, १० चैत

भाषा, साहित्य र संस्कृति संरक्षण, सम्वर्द्धनका लागि धनगढीमा तीनदिने विश्व नेपाली नारी साहित्य सम्मेलन सुरु भएको छ ।

 

सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा शुक्रबारदेखि सम्मेलन सुरु भएको हो । एक समारोहबीच सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सम्मेलन उद्घाटन गरेका छन् ।

तीन दिनसम्म चल्ने सम्मेलनमा नेपाल, भारत, भुटान, बर्मा लगायतका देशका साहित्यकार सहभागी छन् । उद्घाटन समारोहमा सुदूरपश्चिमका विभिन्न जिल्लामा मनाइने प्रख्यात सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिएको छ । छलीया नाच, रानाथारु, डंगौरा थारुका सांस्कृतिक प्रस्तुति, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा, डोटीबाट आएका कलाकारहरुले स्थानीय सांस्कृतिक प्रस्तुति गरेका थिए ।

देशभित्र र बाहिरबाट महिला साहित्यकारहरूको आगमन भइरहेसँगै धनगढी नारी श्रष्टामय बनेको हो । समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले साहित्यले समाजका थुप्रै समस्यालाई उजागर गर्दै समाधानतर्फ डोर्‍याइरहेको बताए ।

सुदूरपश्चिमाञ्चल साहित्य समाजले साहित्य कार्यक्रमहरुका माध्यबाट सुदूरपश्चिमसहित विश्व नेपाली समाजलाई जोडन खोजेको उनले बताए । ‘हाम्रो कला सांकृति, पहिचान, प्राकृतिक स्रोत र साधनको उपयोगमा साहित्यको ठूलो भूमिका छ,’ उनले भने । उनले प्रदेश सरकार सुदूरपश्चिम साहित्य समाजसंग सहकार्य गरेर जान तयार रहेकोसमेत उनले बताए ।

साहित्य क्षेत्रले यहाँको कला संस्कृतिलाई थप वृहत बनाउन मद्दत पुग्ने भन्दै उनले ‘साहित्य क्षेत्रसँग म जोडिएको छु र निरन्तर तपाईहरुसंग जोडिएर अगाडि बढन चाहन्छु ।’ धनगढीमा शुक्रबारदेखि सुरु भएको महोत्सव सोमबारसम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय