latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शुक्रबार , साउन १५, २०८३

न्युज कारखाना
खोटाङ, १० चैत । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको बाईटार र उदयपुरको कटारी नगरपालिकाका–१० सोरुङछबिसेको चिपटार जोड्ने निर्माणाधिन झोलुङ्गे पुलको टावर ढलेको छ ।

 

झोलुङ्गे पुलको उदयपुरतर्फको टावर ठड्याइसकिएको केही दिनमै फेदैमा भाँचिएर ढलेको सुनकोसी प्रावि, बाइटारका प्रअ बिशाल राईले बताए । १३ स्टेपमध्ये गत वर्ष नौ स्टेप र यसपल्ट पाँच स्टेप जडान गरिएको पुलको टावर शुक्रबार बिहान ११ बजे बिनाकारण ढलेको हो । निर्माणको काम सम्पन्न नहुँदै पुलको टावर भाँचिएर नदीतिर ढलेको छ ।

खोटाङतर्फको पिलरको गत वर्ष ११ स्टेप र यसपल्ट दुई स्टेप जडान गरिएको थियो । खोटाङतर्फको टावर आसपासमा सुनकोसी प्रावि र केही पसल सञ्चालनमा रहेका कारण त्रास बढेको छ । “उदयपुरतर्फ खुला ठाउँ थियो । टावर ढल्दा कुनै क्षती भएन,” राईले भने, “खोटाङतर्फ त विद्यालय छ । पशलहरु छन् । रातको केही घण्टा बाहेकका समयमा मान्छेको ओहोरदोहोर भइरहन्छ । पारीकैजस्तो ढल्यो भने ठूलो मानवीय क्षती हुने डर भएको छ ।”

ठेकेदार बशन्त बुढाथोकीले ३० महिनामा सक्नेगरी २०७६ वैसाख २६ गतेदेखि पुल निर्माणको ठेक्का लिएको स्थानीय बताउँछन् । पुलको सम्झौता म्याद २०७८ कात्तिक २६ गते नै गुज्रिसकेको छ । प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय गाईघाटमार्फत उपलव्ध गराएको तीन करोड ५० लाखमा पुल निर्माणको काम सुरु गरिएको थियो । पुल निर्माणको काममा चरम ढिलासुस्ती भएको प्रअ राईले बताए । निर्माणस्थलमा पुलको लठ्ठा असरल्ल पारेर राखिएको छ ।

सुनकोसीमा पुल नहुँदा हलेसी तुवाचुङ नगरपालिकाको डिकुवा र बाहुनीडाँडाका स्थानीय जोखिम मोलेर काठको डुंगा चढेर नदीमा वारपार गर्नेगरेका छन् । उदयपुरको कटारीबजार डिकुवा र बाहुनीडाँडाका स्थानीयको दैनिक उपभोग्य किनमेल गर्ने प्रमुख व्यापारिक केन्द्र हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय