
चितवन । माडीको बरुवा नजिकै ध्रुब गाउँ निवासी हरिराम महतोका ६ बर्षीया छोरी अनुष्का महतो ब्लड क्यान्सरबाट पीडित भई जीवनमरणको दोसाँधमा पुगेकी छिन् ।
सोमेश्वर माध्यमिक बिद्यालय, बरूवामा १ कक्षामा अध्ययनरत अनुष्काको हाल भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । उनको पढाई निकै राम्रो छ र उनी कक्षाका पहिलो हुन सफल विद्यार्थी समेत हुन् । तर, गत साउन पहिलो साता उनमा ब्लड क्यान्सजस्तो भयानक रोग देखिएको हो ।
ज्वरो आई माडीकै बघौंडा अस्पताल ल्याइएकी अनुष्कालाई रेफरपश्चात एक सातासम्म नयाँ मेडिकल कलेजमा उपचार गरी हाल क्यान्सर अस्पतालमा भर्ना गरिएको छ । अति निम्न आर्थिक अवस्थाका हरिरामले छोरी अनुष्काको उपचारको क्रममा ३ लाखभन्दा धेरै रकम खर्चिसक्नुभएको छ ।
माडीकै हरिनगरस्थित दिवाकर स्मृति प्राविधिक शिक्षालयमा कार्यालय सहयोगीका रुपमा काम गर्ने हरिरामले छोरीको उपचार खर्चमा सघाई उनको ज्यान बचाइदिन सबैमा अनुरोध समेत गर्नुभयो ।