latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

धनगढी, १ चैत

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पससहितका ५ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन अनिश्चित बनेको छ ।

 

विश्वविद्यालयले स्ववियु निर्वाचनका बुधबार मनोनयन दर्ताको समय तालिका तोकेको भए पनि महेन्द्रनगरको केन्द्रीय क्याम्पससहितका ५ क्याम्पसमा विद्यार्थी सगठनको आन्तरिक विवादका कारण मनोनयन दर्ता हुन नसकेको सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्राध्यापक यज्ञराज पाठकले बताए ।

रजिष्ट्रार पाठकका अनुसार केन्द्रीय क्याम्पस, कैलालीको टीकापुर बहुमुखी क्याम्पस, बाजुराको बाजुरा बहुमुखी क्याम्पस र बडिमालिका बहुमुखी क्याम्पस र अछामको जनता बहुमुखी क्याम्पसमा आन्तरिक विवादका कारण बुधबार मनोनयन दर्ता हुन नसकेको हो ।

अब सम्बन्धित क्याम्पसको निर्वाचन समितिले एक महिनाभित्र निर्वाचनका लागि अर्को मिति तय गर्न सक्ने रजिष्ट्रार पाठकले बताए । उनका अनुसार विश्वविद्यालयका अन्य १० वटा आंगिक क्याम्पसमा भने मनोनयन दर्ता भएको छ । साथै कुनै क्याम्पसहरुमा एकल तथा कुनै क्याम्पसमा तालमेल गरेर संगठनहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

सुदूरपश्चिम विश्वविद्यालय मातहतका क्याम्पसहरुमा अगामी चैत ८ गते स्ववियु निर्वाचन हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय