latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शुक्रबार , साउन १५, २०८३

केरला । भारतको केरला राज्यमा एक महिला डाक्टरलाई बलात्कार गरेको आरोपमा एक पुरुष नर्स पक्राउ परेका छन ।

 

महिला डाक्टरको नग्न तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा २४ वर्षीय पुरुष नर्सलाई पक्राउ गरिएको हो ।

 

भारतीय प्रहरी अधिकारीका अनुसार त्रिशूर जिल्लाका निशम बाबुले २८ वर्षीय डाक्टरलाई कोइम्बटूरको एक अस्पतालमा नयाँ जागिर दिने झूटो आश्वासन दिएर एक होटलमा लगेका थिए । सो होटेलमा पुगेकी महिला डाक्टरको निशम बाबुले नग्न तस्बिर खिचेका थिए, त्यही नग्न तस्विर खिचेर सो पुरुष नर्सले महिला डाक्टरलाई निरन्तर यौन दुब्यर्हार गरेका हुन । त्यसपछि पुरुष नर्स निशम बाबुले आफ्नो नग्न तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरे पछि महिला डाक्टर प्रहरीकोमा गएकी थिइन । उनको उजुरीको आधारमा निशमलाई पक्राउ गरिएको छ ।

 

प्रहरीका अनुसार बाबुलाई आईपीसीको धारा ३७६ (बलात्कार) र सूचना प्रविधि ऐन २००० को धारा ६७ ए (इलेक्ट्रोनिक रूपमा यौनजन्य कार्य) अनुसारको सामग्री प्रकाशन वा प्रसारण गरेकोमा सजाय अन्तर्गत मुद्दा लगाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय