latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शुक्रबार , साउन १५, २०८३

काठमाडौं, ३० फागुन । काठमाडौं र सुनसरीमा भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

 

काठमाडौंको दक्षिणकाली नगरपालिका २ ग्वालदहमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको बेल्कोटगढी नगरपालिका–१ घर भएका २४ वर्षीय संदिप तामाङ रहेका छन् ।

 

बाग्मती प्रदेश ०१–००३ क ८६९० नम्बरको मिनी टिपर ब्याक गर्ने क्रममा सडक निर्माणमा खटिएका कामदार तामाङलाई ठक्कर दिएको हो । गम्भीर घाइते भएका तामाङको ललितपुरको भैंसेपाटी स्थित मेडिसिटि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा संलग्न चालकलाई ईलाका प्रहरी कार्यालय फर्पिङले नियन्त्रणमा लिएको छ ।

 

उता सुनसरीको दुहबी नगरपालिका–८ मा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको मलगंवा नगरपालिका– ७ का घर भएका २८ वर्षीय रवीन्द्र महरा रहेका छन् । ध १ ख ६४७ नम्बरको बसले पैदलयात्री रवीन्द्रलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको छ । ठक्कर दिने बससहित चालकलाई ईलाका प्रहरी कार्यालय दुबहीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय