latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

सिन्धुली, २८ फागुन । सिन्धुलीको फिक्कल गाउँपालिकामा यात्रुबहाक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

 

फिक्कल गाउँपालिका–४ कुइभिरमा बस दुर्घटना हुँदा दुई पुरुष र तीन महिलाको मृत्यु भएको फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनारले जानकारी दिइन् ।

 

उनका अनुसार ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस दुर्घटना परेको हो । अहिले पनि उद्धार कार्य चलिरहेको जानकारी दिएकी उनले २५ जना घाइतेको उद्धार गरेर घुर्मी र खुर्काेटसहितका अस्पतालमा उपचारका लागि पठाइएको बताइन् ।

 

‘ओखलढुंगाबाट आएको बस रहेछ । ओरालो ठाउँमा भएकाले ब्रेक नलागेको हुन सक्ने अहिले अनुमान गरिएको छ,’ उनले भनिन्, ‘केही शव हुन सक्ने आशंका गरिएको छ । अहिले पनि उद्धार कार्य चलिरहेको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय