latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

काठमाडौं, २३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार बिहान टर्कीमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ बजे दक्षिणी टर्कीलाई केन्द्रबिन्दु बनाएर गएको ७.८ म्याग्नेच्युडको भूकम्प गएको थियो । पछिल्लो विवरणअनुसुार उक्त भूकम्पमा परेर २ सय भन्दा बढी मानिसको ज्यान गएको छ ।

सो घटनाप्रति प्रधानमन्त्री प्रचण्डले दुःख व्यक्त गरेका हुन् । सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री प्रचण्डले टर्कीमा गएको विनासकारी भूकम्पमा परी दर्जनौं नागरिकको मृत्यु भएको घटनाप्रति गहिरो दुख व्यक्त गरेका हुन् । साथै मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले नेपाल सरकार र नेपाली जनताको तर्फबाट शोकसन्तप्त सबैमा गहिरो समवेदना प्रकट गरेका छन् ।

‘टर्कीमा आएको विनासकारी भूकम्पमा परी दर्जनौं नागरिकको मृत्यु भएको घटनाप्रति गहिरो दुख व्यक्त गर्दछु। मृतकहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै नेपाल सरकार र नेपाली जनताको तर्फबाट शोकसन्तप्त सबैमा गहिरो समवेदना प्रकट गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले फेसबुकमा लेखेका छन् ।

सो भूकम्पले टर्कीसहित सिरिया, लेबनान र इजरायलमा पनि क्षति गरेको छ । लगातार पराकम्प आइरहेकाले उद्धारमा समस्या भएको छ भने मृतकको संख्या बढ्ने अनुमान उद्धारकर्मीहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय