latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

न्युज कारखाना
काठमाडौं, २३ माघ

राष्ट्रिय खेलकुद परिषदले नवौं राष्ट्रिय खेलकुदमा समावेश विभिन्न ३६ खेलका स्वर्ण विजेता खेलाडीको पूर्व घोषित नगद पुरस्कार मध्ये ३६ लाख २० हजार रुपैयाँ सम्बन्धित खेलाडीको बैंक खातामा पठाएको छ ।

व्यक्तिगततर्फ ३ सय ४ स्वर्ण पदक विजेतालाई २५ हजारका दरले जम्मा ७६ लाख तथा समूहगततर्फ ५ सय ३६ स्वर्ण पदक विजेतालाई १५ हजारका दरले जम्मा ८० लाख ४० हजार गरी जम्मा १ करोड ५६ लाख ४० हजार रुपैयाँ स्वर्ण विजेतालाई भुक्तानी दिनु पर्नेमा तत्कालका लागि भने ३६ लाख २० हजार रुपैयाँ पहिलो चरणमा खेलाडीको खातामा पठाइएको हो । बाँकी रकम क्रमशः भुक्तानी हुने राखेपले जनाएको छ ।

राखेपका अनुसार खेलाडीहरुलाई आ–आफ्नो खातामा सिधै नगद पुरस्कार रकम जम्मा गर्न विभिन्न १६ वटा बैंकहरुबाट भुक्तानी पठाउनु पर्ने भएकाले विवरण तयार गरी बैंकहरुमा पठाउदा खेलाडीहरुको बैंक विवरण फरक परेको तथा विभिन्न बैंकहरु मर्ज भएका कारण पुरस्कार रकम पठाउन कठिनाइ भएकाले तत्कालका लागि भने कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकमार्फत पहिलो चरणमा ३६ लाख २० हजार पुरस्कार खेलाडीको खातामा पठाउनु परेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय