latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विशेष पत्रकार सम्मेलन गर्दै छन् ।

नेपाली नागरिकता प्रमाणपत्र अवैध ठहर भएपछि सांसद, उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त भएका लामिछानेले अघिल्लो साता अमेरिकी नागरिकता त्यागेको निस्सा बुझाएर पुनः नेपाली नागरिकता प्रमाणपत्र लिएसँगै गृहमन्त्रीको दाबी गरिरहेका छन् ।

तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई गृहमन्त्री बनाउन इन्कार गरेसँग सत्तारुढ गठबन्धनमा चिसोपना बढिरहेका बेला लामिछानेले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले आइतबार विशेष पत्रकार सम्मेलन गर्न लागेको जानकारी दिएका हुन् ।

सरकारबाट बाहिरिने या नबाहिरिने विषयमा आइतबार नै पार्टीले निर्णय लिने उनले बताएका छन् ।

‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ, त्यो आफ्नै ठाउँमा छ। त्यसलगत्तै पार्टी कार्यालयबाट आज म विषेश पत्रकार सम्मेलन गर्दै छु । म चाहन्छु, सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन् । मैले सिधाकुरा नगरेको धेरै भए छ,’ फेसबुकमा लामिछानेले लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय