latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

काठमाडौं, २२ माघ । फाल्गुनन्द लिङ्देन फिल्म्स्द्वारा आयोजना हुँदै आएको लिम्बु भाषा, सस्कृतिमा बनेका फिल्म र म्युजिक भिडियोको संयुक्त अवार्ड ‘एफएलएफ अवार्ड २०७९’को पाँचौं सस्करणको मनोनयनमा परेका कलाकारहरूलाई मनोनयन पत्र प्रदान गरिएको छ ।

अवार्डमा फिल्मबाट अभिनेत्रीमा लक्ष्मी योङहाङ, विमला खजुम, अनुषा लिम्बु, अभिनेतामा टिकाराम लिम्बु माखिम, रुद्र पाहिम, तान्छोहाङ इङनाम, गायकमा सुसन साम्सोहाङ, टिका लिम्बु, सुमन लिम्बू, गायिकामा मेचु धिमाल, मनु नेम्वाङ, श्रेयसी चेम्जोङ, संगितकारमा मान तबेबुङ, बुद्धराज लिम्बु, सैलेन्द्र नाल्बो, कथामा सागर केरुङ, टिका माखिम, सहनिर्देशकमा छबि कटवाल, चन्द्रप्रसाद घिमिरे, शृङगारमा रबिना थापा तोलाङ्गी, अशोक मण्डल, निर्देशनमा दिनेश लिङदेन, टिकाराम लिम्बू, छायांकनमा सुमन योञ्जन, कौसल राना, इशक जबेगु मनोनयनमा परेका छन् ।

त्यसैगरि म्युजिक भिडियोबाट अभिनेत्रीमा पुष्पाञ्जली तिल्लिङ लिम्बू, केन्जल योङहाङ, रुबिना लिम्बू अभिनेतामा पुर्ण सेलिङ, शैलेन्द्र नाल्बो, नन्दमान तुम्बापो, गायकमा सम्भु फोम्बो, डि आर हाङ्स्रुम्बा, नोगेन हाङ्स्रुम्बा, गायिकामा निरन्ता नेम्वाङ, गंगा सिङजाङगो लिम्बू, रुक्सना लिम्बू, गीत तथा संगितमा रीता ठूली फोम्बो, शैलेन्द्र नाल्बो, येहाङ लावती, छायांकनमा सञ्जय आचार्य, भुपेन्द्र तुम्बाहम्फे, देवराज सिग्देल र निर्देशनमा हाङ चेम्जङ, दिनेश माङमु र सागर केरुङ छन् ।

उपसभामुख इन्दिरा राना मगरको प्रमुख आत्थियमा भएको कार्यक्रममा गायक तथा संगितकार संगम लिम्बु र निर्माता तथा गीतकार शैलेन्द्र कुमार नाल्बोलाई सम्मान गरिएको थियो । फाल्गुनन्द लिङ्देन फिल्म्स्का अध्यक्ष तथा निर्देशक दिनेश लिङ्देनको सभापतित्वमा सम्पत्र उक्त मनोनयन पत्र वितरण कार्यक्रमलाई चलचित्र पत्रकार संघको उपाध्यक्ष दीपज्योती थापाले सहजीकरण गरेकी थिइन् ।

अवार्डमा फिल्म निर्देशक उदय सुब्बा, लिम्बू भाषाविद याशेली योङहाङ र गायक तथा संगीतकार कुल्बा सुब्बा जुरी मण्डलमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय