latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

फिल्म ‘पठान’को सफलता अभिनेता शाहरुख खानका लागि पुनः एकपटक बलिउडमा आफूलाई स्थापित गराउने माध्यम बनेको छ ।

फिल्मले विश्वव्यापी रुपमा ६५० करोड बढीको व्यापार गरिसकेको छ । चार वर्षपछि ‘पठान’मार्फत कमव्याक गरेका शाहरुखले दर्शकमाझ ‘मास हिस्टेरिया’नै सिर्जना गरेको छ ।

यो फिल्मको सफलताको पछाडि फिल्मसँग जोडिएको विवाद पनि प्रमुख बन्यो । खासगरी अभिनेत्री दीपिका पादुकोणले फिल्मको ‘बेसर्म रंग’ गीतमा सुन्तला रंगको बिकिनी लगाएपछि गीत विवादमा पनि तानिएको थियो ।

फिल्म ‘पठान’ सफल भएपछि विशेषता व्यावसायिक हिसाबमा यसको असर आमिर खानलाई परेको बलिउडमा चर्चा छ । फोनपे नामका फोन पेयमेन्ट एपको सद्भावदुत रहेका आमिरको स्थानमा अहिले कम्पनीले शाहरुखलाई अनुबन्ध गरेको छ ।

आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’ बक्सअफिसमा असफल भएपछि उनले कुनै पनि व्यावसायिक प्रवद्र्धनमा अनुबन्धित हुने मुड बनाएका छैनन् । सोहीकारण फोपेले आमिरको स्थानमा शाहरुखलाई प्रस्ताव गरेको छ । शाहरुख यसअघि हुन्डाई, एलजी र थम्ब्स अप जस्ता ब्राण्डका सद्भाव दुत हुन् ।

शाहरुखको लोकप्रियता यतिमा मात्र सीमित छैन । ‘पठान’को सफलतापछि हिन्दी र साउथ फिल्मका निर्माताले उनलाई आफ्नो फिल्ममा अनुबन्ध गराउन स्क्रिप्ट बोकेरै शाहरुखलाई भेट्न थालेका छन् ।

‘डन’ र ‘पठान’ जस्ता फिल्ममा आफ्नो धमाकेदार एक्सन देखाएका शाहरुखलाई यशराज फिल्मस्ले ‘डन ४’ मा त्यस्तै अवतारमा देखाउन तयारी गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय