latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

लमजुङ १८ माघ । ट्राफिक प्रहरी कार्यलय लमजुङले ६ महिनाको अवधिमा सवारी नियम उल्लघंन गर्ने ४ हजार ९५० सवारीसाधन कारवाही गरेको छ ।

चालु आर्थिक वर्षको साउनदेखि पुससम्म ६ महिनाको अवधिमा भएका कारबाहीबाट ३३ लाख ९५ हजार रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ ।

पछिल्लो समय ट्राफिक नियम उल्लघंन गरि सवारी चलाउनेको संख्या बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । दैनिकजसो चेकजाँच गरिएको र नियम उल्लघंन गरि सवारी चलाउनेलाई कारवाही स्वरुप जरिवाना गर्ने गरिएको छ।

सवारी दुर्घटनालाई न्युनिकरण गर्न र ट्राफिक नियम पालना गरेर मात्रै सवारी चलाउन शंन्देश दिने लक्ष्यका साथ दैनिक चेकजाँच गर्ने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय लमजुङले जनाएको छ ।

सवारी कारबाहीबाट ६ लाख ५५ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ । ट्राफिक नियम उल्लघंन गर्नेमा सबैभन्दा बढी २ हजार २ सय २२ मोटरसाइकल रहेको छ । १ हजार ३०५ कारजीप, ६२५ ट्रक टिप्पर, २९४ बस, ३१२ ट्याक्टर र अन्य १९२ गरि ४ हजार ९५० सवारी कारबाही गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय