latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

खोटाङ-खोटाङमा रुखमा डेरा बनाएर अनलाइन कक्षामा सहभागी हुने छात्रलाई नेपाल टेलिकमले पकेट वाइफाइ डिभाइस प्रदान गरेको छ । कोभिड-१९ महामारीमा अनलाइन कक्षामा सहभागी हुने हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार मगरलाई नेपाल टेलिकम ओखलढुंगाले एक थान पकेट वाइफाइ डिभाइस उपलब्ध गराएको हो ।

मगर सरस्वती मावि कक्षा १० मा अध्ययनरत छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुईपास्थित फोरजीको नयाँ टावरकाे सेवा सुरु भएसँगै टेलिकम ओखलढुंगाका प्रमुख दिनेशचन्द्र पन्थी मगरको घरैमा पुगेर पकेट वाइफाइ डिभाइस प्रदान गरेका हुन् । बुईपास्थित फोरजीको टावर आइतबारदेखि सञ्चानमा ल्याइएको हो । फोरजीको टावर सञ्चालनमा आएसँगै मगरको घर गाउँमा फोरजी सेवा चल्न थालेको छ ।

अनलाइन कक्षाका लागि विद्यार्थीले रुखमा चढ्नुपर्ने बाध्यताले चर्चा पाएपछि अर्खौले लगायतका वडालाई लक्षित गर्दै हलेसी तुवाचुङ नगरपालिकाको तुवाचुङ क्षेत्रमा नयाँ फोरजी टावर राख्ने योजना अघि सारिएको प्रमुख पन्थीले बताए । नयाँ टावर राख्नका लागि जग्गा हेर्ने र स्थान निश्चित गर्ने काम भइरहेको नेपाल टेलिकमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय