latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

मुम्बई, १७ माघ । बलिउडकी प्रख्यात गायिका अलका याग्निकले लगातार तेस्रो वर्ष गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गराएकी छन् । उनका गीतलाई सन् २०२२ मा सर्वाधिक बढी सुनिएको छ ।

सन् २०२२ मा उनको गीतलाई १५ दशमलब ३ बिलियन पटक सुनिएको हो । उनले यो मामलामा विश्व प्रख्यात गायिकाहरु टेलर स्वीफ्ट, बियोन्से र बीटीएसलाई पछि पारेकी छन् ।

सन् २०२१ र २०२० मा पनि अलकाको गीत विश्वभर सर्वाधिक बढी सुनिएको थियो । यो उपलब्धि अलकाका लागि किन पनि विशेष छ भने उनी सन् ९० र २००० को दशककी गायिका हुन् । पछिल्लो १० वर्षमा अलका संगीतमा त्यति सक्रिय छैनन् । यसका बाबजुद आज पनि उनका गीत सबैभन्दा बढी सुनिन्छन् ।

अलकाको गीत सन् २०२० मा १६ दशमलब ६ बिलियन पटक सुनिएको थियो । त्यस्तै सन् २०२१ मा यो आँकडा १७ दशमलब ७ बिलियन पुग्यो । सन् २०२२ मा १५ दशमलब ३ बिलियन स्ट्रीम पुगेको छ । यी सबैको औषत हिसाब निकाल्ने हो भने उनको गीत युट्युबमा दैनिक ४२ मिलियन पटक सुनिएको छ ।

अलकापछि बेड बन्नी १४ दशमलब ७ बिलियनका साथ दोस्रो नम्बरमा, उदित नारायण झा १० दशमलब ८ बिलियनका साथ तेस्रो नम्बरमा, अरिजीत सिंह १० दशमलब ७ बिलियनका साथ चौथो नम्बरमा र ९ दशमलब ०९ बिलियन स्ट्रीमका साथ कुमार सानू पाँचौं स्थानमा छन् ।

सूचीमा बीटीएस(७ दशमलब ९५ बिलियन) र ब्ल्याकपिंक(७ दशमलब ०३ बिलियन)का साथ उत्कृष्ट १० मा छन् । तर, टेलर स्विफ्ट ४ दशमलब ३ बिलियनका साथ २६ औं र ड्रेक २ दशमलब ९ बिलियनका साथ ५० औं नम्बरमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय