latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शुक्रबार , साउन १५, २०८३

हेमन्त केसी/न्युज कारखाना

सुर्खेत, १६ माघ

जाजरकोट नलगाड नगरपालिकामा निर्माण हुन लागेको नगर अस्पतालको भवन अलपत्र परेको छ । छेडागाड नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले १८ करोडमा लिएको उक्त ठेक्काको काम नगर्दा अलपत्र परेको हो । स्वास्थ्य भवनको सम्झौता मिति २०७८ असोज २२ गते रहेको थियो । २०८० असार १५ गते सम्मा सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने भनि सम्झौतामा उल्लेख गरिएको छ ।

पहिलो किस्तामा २ करोड ८६ हजार रुपैयाँ नगरपालिकाबाट लिइएको र दोस्रो पटक १ करोड ९९ लाख ९९ हजार ९९९ रुपैयाँ लिइसकेका छन् । प्रेरा खडका कृष्ण क्याराभान जेभी काठमाडौँको नाममा भुक्तानी भएको छ ।

तोकिएकै समयमा स्वास्थ्य संस्थाको भवन निर्माण नहुँदा यहाँ दैनिक आउने विरामी तथा सेवाग्रहीलाई सेजा लिन समस्य भएको नलगाड नगरउपप्रमुख सरिता सिंहले गुनासो गरिन् । ठेक्काका कामहरु लिने तर समयमा कत्तैपनि निर्माण नगर्ने परिपार्टीका कारण दैनिक समस्य हुँदै आएको छ ।

ठेक्का लिएको काम समयमा नगर्दा समस्य भएको भन्दै उपप्रमुख सिंहले प्रदेशसभा सदस्य बेदराज सिंहलाई निर्माण व्यवसायी तथा छेडागाडका नगरप्रमुखलाई निर्माण गर्ने काममा लाग्न समेतको लागि सहजीकरण गरिदिन आग्रह गरिएको छ ।

दुइ वर्ष अघि नगर अस्पताल निर्माणका लागि बोलपत्र आवह्वान गरिएको थियो । नगर अस्पतालको जग मात्र खडा गरिएको अवस्थामा रहेको छ । संरचना निर्माण गर्ने समय सम्मा निर्माणको काम सुरु नहुँदा सबै भन्दा बिडम्वना रहेको रहेको सरोकारवाला निकायले बताएका छन् । नगरपालिकाबाट पटक पटक काममा आउन आग्रह गरिएपनि नगरप्रमुख खड्काले हुन्छ भन्ने तर काममा नआउने कार्यले गर्दा समस्य हुँदै आएको उपप्रमुख सिंहले पीडा सुनाइन् । संघीय सरकारबा प्राप्त रकमबाट उक्त भवन निर्माण गर्न लागिएको हो ।

नेपाली कांग्रेसबाट छेडागाड नगरपालिकामा नगरप्रमुखमा रहेका खड्को नलगाड जलविद्युत आयोजनाको पहुँच मार्गमा निर्माण गर्ने भनिएको पुल समते सात वर्ष सम्मा निर्माण नगरेका हुन् । खारा स्थित नलगाड नदीमा निर्माण हुने उक्त पुल निर्माण नगरी अलपत्र भएको हो । पटक पटक आयोजनाले पुल निर्माण गर्न आग्रह गरिएको भएपनि मेयर खड्काले अटेरी गरी काम नगरेको आयोजनाको दावी रहेको छ । पुल निर्माणको काम लामो समय देखि अलपत्र पर्दा यस क्षेत्रका अधिकांश विकासे कामहरु अलत्रप भएका छन् । अहिले नलगाड नदीमा काठको लाप्को लगाएर वारपार गराउने काम हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय