latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

काठमाडौं, १६ माघ । नेकपा माओवादी केन्द्रको आगामी बुधबार बस्ने स्थायी समिति बैठकमा गृहमन्त्रीबारे छलफल हुने भएको छ ।

सोमबार बसेको पदाधिकारी बैठकले सोमबार र मंगलबार आन्तरिक तयारी गरेर बुधबार स्थायी समिति बैठक राख्ने निर्णय गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

उनका अनुसार बुधबार बस्ने स्थायी समिति बैठकमा गृहमन्त्रीबारे छलफल हुनेछ । गृहमन्त्री सरकारको भएकाले कसलाई बनाउने भन्ने टुंगो लगाउने जिम्मा प्रधानमन्त्रीको रहेको भन्दै उनले बुधबार बस्ने स्थायी समिति बैठकमा गृहमन्त्रीबारे पनि छलफल हुने जानकारी दिएका हुन् ।

नेपाली नागरिकताले वैधानिकता नपाएपछि रवि लामिछाने पदमुक्त भएसँगै गृहमन्त्री पद रिक्त रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रालयको जिम्मेवारी पनि सम्हालिरहेका छन् ।

तर, गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले आफूले नै पाउनुपर्ने अडान लिएको छ भने उसलाई एमाले पनि साथ दिएको छ । तर, गृहमन्त्रालय आफैंसँग राख्ने माओवादीको पनि तयारी छ ।

सोमबार बसेको पदाधिकारी बैठकबाट बाहिरिने क्रममा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री बनेपछि मात्र को बन्ने भन्ने थाहा हुने प्रतिक्रिया दिएका छन् । कसलाई गृहमन्त्री बनाउनुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले बनेपछि थाहा हुने बताए ।

पार्टी मुख्यालयमा सोमबार बसेको माओवादी पदाधिकारी बैठकमा संगठनसहितका विषयमा केन्द्रित भएको प्रवक्ता महराले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय