latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शुक्रबार , साउन १५, २०८३

काठमाडौं, १६ माघ। ‘हिलर’ आयुष रेग्मीले अष्ट्रेलियामा ‘रेकी हिलिङ’ तालिम दिने भएका छन् । फेफ्रुअरी ११ मा सिडनीको ब्ल्याक टाउनमा उनले यो तालिम दिन लागेका हुन्। आयुष नन–भर्वल हिप्नोटिस्ट र ग्रान्डमास्टर इनर्जी हिलर हुन्।

६ वर्षदेखि सिड्नीमा बसोबास गर्दै आएका काठमाडौंका आयुषले लामो समयदेखि ‘हिलिङ’ प्रक्रियामार्फत मानिसका मानसिक समस्या निको पार्दै आइरहेका छन्। रेकी तालिममार्फत स्मरण शक्ति विकाश, एन्जाईटी, डिप्रेशनबाट मुक्त हुने, आध्यात्मिक उन्नती हुने, मानसिक तनाव, अनिन्द्रा जस्ता समस्याहरुलाई हटाउने काम गरिन्छ । यो तालिम लिएपछि आँफुलाई हिल राख्नुका साथै अरुलाई हिल राख्नुका साथे सिकाउन सकिने इनर्जी हिलर आयुष बताउँछन् ।

रेकी १८ सय शताब्दीदेखि अहिलेसम्म चली आएको ‘जापानको हिलिङ’ पद्धती हो । रेकीका विभिन्न तहहरु छन् । प्रत्येक तहमा २१ दिनको साधना गराइन्छ । तर आयुषले मन्त्रसम्मोहनको विधिद्धारा १ दिनमा नै साधनाबिना सबै तहहरुको दिक्षा दिन सकिने बताउँछन् । आयुषले यसअघि अष्ट्रेलियामा नै दुई दिने मन्त्र सम्मोहनको तालिम दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय