latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

न्युज कारखाना

काठमाडौं, १५ माघ

राजश्व अनुसन्धान विभाग तत्कालीन शाखा अधिकृत रामजी रिजाल अकुत सम्पत्ति कमाएको अभियोगमा दोषी ठहर भएका छन् । विशेष अदालतको पूर्ण इजलासले आज उनलाई दोषी ठहर गरेको हो ।

रिजाललाई दुई करोड ९७ लाख ३८ हजार ३१० रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको र उनको सम्पत्ति विवरण अमिल्दो तथा अस्वाभाविक देखिएको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ फागुन ६ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

रिजालले २०७५ वैशाख १५ गते राजस्व अनुसन्धान विभागबाट शाखा अधिकृतबाट अनिवार्य अवकाश पाएका थिए । त्यसअघि उनी खानेपानी, ढल निकास विभाग तथा भूमि सुधार तथा व्यवस्था मन्त्रालयमा समेत कार्यरत थिए ।

रिजालले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति उनकी श्रीमती स्वस्थानी रिजालसमेतको नाममा राखेको दाबी अख्तियारको थियो । विशेष अदालतले उनलाई गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा दोषी ठहर गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय