latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

खोटाङ, १५ माघ । स‌ंघीय संसद भवन नजिकै आत्मदाहको प्रयासका क्रममा ज्यान गुमाएका इलामका प्रेमप्रसाद आचार्य र आत्महत्या गरेका सप्तरीका रामदेव मरिकको सम्झना र सम्मानमा खोटाङमा शान्तिपूर्ण र्‍याली निकालिएकाे छ । वर्तमान राज्यको गलत व्यवस्थाको कारण आचार्य र मरिकलाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै स्वतन्त्र खोटाङ्गे प्रगतिशील एवं उद्यमी युवाहरूले आइतबार दिक्तेलबजारमा शान्तिपूर्ण र्‍याली निकालेकाे हो ।

दिक्तेलको किरातचोक रत्नपार्कदेखि त्रिवेणीचोक हुँदै भवनगैरासम्म र्‍याली निकालिएकाे थियाे । देशलाई बस्न लायक, आत्मनिर्भर र उत्पालनशील बनाउँदै ‘स्वदेशमै केही गर्छु’ भन्ने युवाका लागि अनुकुल वातावरण निर्माणको माग गर्दै र्‍याली निकालिएकाे र्‍यालीकाे नेतृत्व गरेका पारस बिराटले बताए ।

‘नेपाली समाजमा प्रेमप्रसाद र रामदेवजस्ता कैयौं पात्रहरु छन् भन्ने हेक्का राज्यलाई छ कि छैन ? एउटा युवा देशको विधायीका निर्माण गर्ने ठाउँमा नागरिक जल्दैगर्दा यो व्यवस्थालाई किन पोल्दैन ? स्वरोजगार, स्वावलम्बी र आर्थिक विकासमा सरकारले पहल गर्नु पर्दैन ?,’ उनले भने, ‘समग्र युवालाई रोजगारीको सुनिश्चितता होस् । युवापंक्तिको पलायन मानसिकता अन्त्या गरी सरकारले आफ्नो कार्यसम्पादन गरोस् भन्ने अपेक्षा छ ।’

स्वतन्त्र खोटाङ्गे प्रगतिशील एवं उद्यमी युवाको शान्तिपूर्ण प्रदर्शन जिल्ला समन्वय समितिको प्रांगणमा पुगेर कोणसभा गर्दै टुंग्याइएको थियो । कोणसभाका क्रममा आचार्य र मरिकको स्मृतिमा श्रद्धाञ्जली अर्पण गर्दै मौनधारण गरिएको थियो ।

यसैबीच, प्रेमप्रसाद आचार्यको २५ बुँदे माग कार्यान्वयनको माग गर्दै स्वतन्त्र खोटाङ्गे प्रगतिशील एव‌ उद्यमी युवाले सरकारलाई ज्ञापन–पत्र पठाएका छन् । शान्तिपूर्ण प्रदर्शनपछि जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसमक्ष ज्ञापनपत्र पठाउँदै उनीहरुले देशलाई बस्नलायक बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय