latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

काठमाडौं, १५ माघ । रवि लामिछानेले नागरिकताको प्रमाणपत्र लिने कार्य प्रक्रियामै रहेको छ । आइतबार बिहान जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उनले पुनः नागरिकताको प्रमाणपत्र लिन निवेदन दिएका थिए । उननलाई नागरिकताको प्रमाणपत्र दिने कार्य प्रक्रियामै रहेको सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन् ।

‘अहिले उहाँ (रवि)लाई नागरिकताको प्रमाणपत्र दिने प्रक्रियामै रहेको छ,’ उनले न्युज कारखानासँग भनिन् । अमेरिकी नागरिकता त्यागेको निस्सा पेस गर्दै लामिछानेले पुनः नेपाली नागरिकता प्रमाणपत्र माग गरेर निवेदन दिएका हुन् ।

अमेरिकाको नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकताको प्रमाणपत्र नलिइएको भन्दै गत शुक्रबार सर्वाेच्च अदालतको संवैधानिक इजलासको आदेशअनुसार लामिछानेको सांसदसहित उपप्रधान तथा गृहमन्त्रीको पदमा गुमेको थियो । साथै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि उनले गुमाएका थिए ।

यसपछि आइतबार समर्थकसहित उनी पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिन प्रशासन कार्यालय काठमाडौंमा पुगेका हुन् । प्रशासन परिसरमा अहिले उनका समर्थकको भिड लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय