बिहिबार , जेठ २१, २०८३

न्युज कारखाना

नवलपरासी पूर्व, १४ माघ

बर्दघाटबाट नारायणगढतर्फ जाँदै गरेका एक युवकलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार चारमारानजिक चेकका क्रममा शरीरमा लुकाएर ल्याएको लागूऔषधसहित लमजुङको बेसींसहर नगरपालिका वडा नम्बर–९ का सागर गुरुङ पक्राउ परेका हुन् ।

शनिबार दिउँसो ती युवकबाट फेनारागन, डाइजिपाम, एम्पुललगायतका लागुऔषध ५ सय ७९ थान बरामद भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर