latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

कास्की मिडिया :नेपाली समयानुसार सोमबार राति सवा ९ बजेदेखि विश्वभर आफ्ना सेवा झन्डै ६ घण्टा अवरुद्ध हुनुको कारण फेसबुकले सार्वजनिक गरेको छ।

फेसबुक कम्पनीका अनुसार आफ्नो राउटरमा गरिएको कन्फिग्रेसन परिवर्तनका कारण फेसबुकसहित, म्यासेञ्जर, इन्स्टाग्राम, ह्वाट्सएप र अकुलस भीआरको सेवा डाउन हुन पुगेको हो। फेसबुकले आफ्नो ब्लगमार्फत भनेको छ, ‘डेटा सेन्टरहरूबीचको नेटवर्क ट्राफिकमा ठूलो समस्या आउँदा हाम्रा सबै सेवा बन्द भएका हुन्।’

फेसबुकका आधारभूत पूर्वाधार (बेसिक इन्फ्रास्ट्रक्चर) उपाध्यक्ष सन्तोष जनार्दनले भनेका छन्, ‘नेटवर्क यातायातमा यो अवरोधले हाम्रो डाटा सेन्टरको सञ्चार गर्ने तरिकामा ठूलो असर पार्यो र हाम्रा सेवा बन्द भए।’

सामान्य अर्थमा फेसबुकका प्रविधिले एकअर्कासँग गर्नुपर्ने सम्पर्क विच्छेद हुँदा सेवा अवरुद्ध भएको बुझ्न सकिन्छ। यो फेसबुक कम्पनीका लागि सन् २०१९ देखि यताकै ठूलो अवरुद्धता हो। त्यस वर्ष पनि २४ घन्टाभन्दा बढी समय फेसबुकका सेवा डाउन भएका थिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय